एमाले हुम्ला जिल्ला इन्चार्जमा लामा, कर्णाली प्रदेशमा बोगटी

Nepal Chek शुक्रबार, साउन १८, २०८१

सिमकोट । नेकपा (एमाले) केन्द्रीय सचिवालयको ३४ औं बैठकले हुम्ला जिल्लाको इन्चार्जमा केन्द्रिय सदस्य छक्क बहादुर लामालाई जिम्मेवारी तोकेको छ । लामा यस अघि केन्द्रिय सदस्य हुनुहुन्थ्यो । विहिबार बसेको एमाले केन्द्रिय सचिवालय बैठकले लामालाई जिल्ला इन्चार्ज र नेकपा एमाले स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीलाई कर्णाली प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ । बोगटीले यस अघि पनि कर्णाली प्रदेशको इन्चार्जको जिम्मेवारी सम्हाली सक्नु भएको थियो ।

यस्तै हुम्लाको निर्वाचन क्षेत्र नम्बर प्रदेश (क) इन्चार्जको जिम्मेवारी एमाले केन्द्रिय सदस्य दल फडेराले पाउनु भएको छ । भने निर्वाचन क्षेत्र नम्बर प्रदेश (ख) को जिम्मेवारी केन्द्रिय सदस्य दल रावलले पाउनु भएको बताइएको छ । एमाले पार्टीको केन्द्रीय कमिटी तथा केन्द्रीय निकायमा रिक्त पदाधिकारी तथा सदस्यहरू मनोनयन तथा केन्द्रीय कमिटी सदस्यहरूको बिहिबार कार्यविभाजनको निर्णय गरी सम्पन्न भएको छ ।

बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नयाँ विकसित राजनीतिक परिस्थिति र पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा धारणा राख्नुभएको थियो । अध्यक्ष ओलीले बैठकलाई सम्वोधन गर्दै नयाँ परिवेशमा जनअपेक्षाअनुरुप पार्टी नेतृत्व तहले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा प्रकाश पार्नुभएको थियो ।

बैठकले पार्टीको रिक्त उपाध्यक्ष पदमा स्थायी कमिटी सदस्य गुरु बराललाई मनोनयन गर्ने निर्णय गरेको छ । त्यसैगरी पार्टीका पुराना नेता मुकुन्द न्यौपाने र लिलानाथ श्रेष्ठलाई स्थायी कमिटी सदस्यमा मनोनयन गरेको छ । बैठकले केन्द्रीय कमिटीमा १७ जनालाई मनोनयन गरेको छ । त्यसैगरी, केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र केन्द्रीय सल्लाहकार परिषद्मा पनि सदस्यहरू मनोनयन गरेको छ ।

नयाँ कार्यविभाजन अनुसार सात प्रदेशको इन्चार्जमा शेरधन राई (कोशी), लिलानाथ श्रेष्ठ (मधेस), डा. राजन भट्टराई (बाग्मती), किरण गुरुङ (गण्डकी), पद्मा अर्याल (लुम्बिनी), गोरखबहादुर बोगटी (कर्णाली) र लेखराज भट्ट (सुदूरपश्चिम) तोकिनुभएको छ । यसअघि गतबर्ष फरक भूगोगको जिम्मेवारी पाउनुभएका अधिकांश केन्द्रीय कमिटी सदस्यहरू गृहजिल्लाको जिम्मेवारीमा फर्कनुभएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]