मुगुको बाममा जिप दुर्घटना,सहचालकको मृत्यु

नेपालचेक समचारदाता बुधबार, साउन १३, २०७८

सिमकोट । मुगु जिल्लाको बाम भन्ने ठाउँमा जिप दुर्घटना भएको छ । मुगुकाे रुगाबाट हुम्ला आउँदै गरेको लु १ ज ४१०२ नम्बरको जिप दुर्घटना भई सहचालकको हर्क बहादुर ऐडीको मृत्यु भएको छ चालक दलबिर रोकाया गम्भीर घाईते भएको जनाइएको छ ।

हुम्ला जिल्ला चंखेली घर भएका पर्बसिंह ऐडीको जिपका सहचालक सोही गाउँका हर्क बहादुर ऐडीको मुगु जिल्ला अस्पतालमा उपचारका क्रममा भर्खरै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय मुगुका प्र स नि भरत बहादुर शाहीले जानकारी दिएका ।

मुगु जिल्लाको रुगाबाट हुम्ला जिल्लाको चंखेलीमा आउँने क्रममा अघिल्लो पट्टीको टाएर फुत्कीदा जिप सडकैमै पल्टेको थियो जिप पल्टीदा सहचालक र चालक दुबै च्याएपीका हुँन् । तर चालक दल बिर रोकाया जिल्ला अस्पताल मुगुमा उपचार गराई रहेको बताउनु भएको उनको अबस्था पनि गम्ीर रहेको बताए ।

रुगाबाट करिब ३ बजे तिर हिडेको उक्त जिप मंगलबार साँझ मुगु जिल्ला छायानाथ रारा नगरपालिकाको बाम स्थीत नाफा भन्ने ठाउँमा ४ बजे तिर दुर्घटनामा परेको बताउनु भयो । जिपमा ४।५ जना जती सवार रहेको तर सबै सकुसल रहेको बताउनु भएको छ ।

जिपका मालीक,चालक र सहचालक चंखेली गाउँपालिका वडा नम्बर ३ का हुँन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]