सिमकोट । वर्षायाम लागेसँगै जिल्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाले घरदैलो स्वास्थ्य अभियान सञ्चालन गरिरहेको छ । यो सिजनमा विरामी बढी हुने भएकाले ताँजकोट गाउँपालिकाको निती अनुसार घरदैलो स्वास्थ्य अभियान सञ्चालन भइरहेको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताउनुभयो । स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ६८ वर्ष माथिका, गम्भीर रोग लागि ओछ्यानमा परेका, शारीरिक अशक्तता कारण स्वास्थ्य संस्थासम्म पुग्न नसकेका नागरिकलाई स्वास्थ्य पहुँच विस्तार अन्तर्गत घरदैलोमा पुगेर स्वास्थ्य सेवा दिइरहेको गाउँपालिका अध्यक्ष जैसीले बताउनुभयो ।
घरदैलो स्वास्थ्य सेवा कार्यक्रम अन्तरगत घरघरमै पुगेर जेष्ठ नागरिक, गर्भवती, बालबालिका अशक्त, असायको निःशुल्क उपचार गरिरहेको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र श्याङ्कुले बताउनुभयभो । भौगोलिक विकटता, ज्येष्ठ नागरिक आफैँ स्वास्थ्य संस्थासम्म हिँडडुल गर्न नसक्ने भएका ज्येष्ठ नागरिकलाई घरमै पुगेर सेवा दिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत श्याङ्कुले बताउनुभयो । वडा एक देखि पाँचसम्म रहेको ताँजकोटमा हालसम्म वडा नम्बर एक, चार र पाँचका वस्तिमा घरदैलो स्वास्थ्य अभियान सम्पन्न भएको उहाँले बताउनुभयो । गाउँपालिका केन्द्रभन्दा टाढा रहेका वडाका वस्तिमा गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीको टोली खटिएर सेवा दिएको श्याङ्कुले बताउनुभयो ।
हालसम्म तीनवटा वडाका विभिन्न वस्तिको घरघरमा पुगेर तीन सय ५२ जनाको स्वास्थ्य परीक्षणका साथै उपचार गरिएको गाउँपालिका स्वास्थ्य संयोजक धनराज ढकालले बताउनुभयो । २५ जना शंकास्पद मलेरियाका सलाद बनाएको उहाँले बताउनुभयो । १५ जना शंकास्पद क्षयरोगीको खकार संलकन गरेर मैला स्वास्थ्यचौकीको ल्यापमा परीक्षण भइरहेको उहाँले बताउनुभयो । यदी मैला स्वास्थ्यचौकीमा भएन् भने प्रदेश प्रयोग शालामा पठाउने संयोजक ढकालले बताउनुभयो ।
बाँकी रहेका वडा नम्बर २ र ३ का वस्तिमा रहेका आमा समुहसँग बैठक बसी व्यक्तिगत सरसफाई, झाडापखाला, किटजन्ने र प्रजनन् स्वास्थ्य सम्बन्धि लगायतका विषयमा भइरहेको जानकारी प्राप्त भएको छ । आमासमुहसँग छलफल गरेर घरघरमा पुगेर सेवाग्राहीको उपचार गरिरहेको गाउँपालिका श्रोतले बताएका छ । आजभोली २ र ३ का वडा गाउँपालिका केन्द्र नजिक भएकाले घरदैलो स्वास्थय अभियान सञ्चालन भइरहेको छ ।
यस कार्यक्रम क्रममा विरामीहरुको घरमै पुगेर प्राथमिक उपचार, सामान्य ड्रेसिङ्ग, पोषण अवस्थाको परीक्षण र सामन्य औषधिसमेत वितरण गरिएको संयोजक ढकालले बताउनुभयो । घरदैलोमा खटिएका स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको रक्तचाप, मधुमेह, बाथ, ज्वरो, रुघाखोकी, पेटको दुखाइ लगायतका उपचार गरेका हुन् । गाउँपालिकाले जाँच गरिएका विरामीलाई निःशुल्क औषधि वितरण गरेको छ ।
यस्तै घरदैलो स्वास्थ्य अभियानमा सप्रोस नेपाल र फेज नेपाल नामक संस्थाले सहयोग रहेको जानकारी प्राप्त भएको छ ।