२ जना वडाध्यक्षसहित जुवाको खालबाट १५ जना पक्राउ

नेपालचेक समचारदाता बिहिबार, साउन १४, २०७८

हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउापालिकाको मुख्य बजार क्षेत्रबाट दुई जना वडाध्यक्ष सहित श्रीनगर प्रहरी चौकीले बुधबार १५ जना पक्राउ गरेको छ ।

यमिति गस्तीको क्रममा अदानचुली गाउँपालिका वडा ३ स्थित स्वास्थ्य चौकी नजिकै रहेको एक होटल तथा पसलबाट जुवा खेली रहेको अबस्थामा रंगेहात पक्राउ गरेको हो ।

तासप्रति कठोर नीति लिएको स्थानीय प्रशासनले जिल्ला सदरमुकाम सिमकोटमा जुवाकै खालबाट १९ जनालाई नगद सहित पक्राउ गरेको एकसातामै जिल्लाको अदानचुलीबाट यत्रो संख्यामा तास खेल्नेलाई पक्राउ गरको हो ।

नियमित रुपमा खेल्ने गगरेको सुचना सँगै आफुहरु नियमित गस्ती गएको अवस्थामा श्रीनगर(३ का बर्ष रोकायाको पसलको माथिल्लो तलामा रहेको कोठामा तास खेलीरहेको अवस्थामा उनिहरुलाई रंगेहात पक्राउ गरेको श्रीनगर प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक कृष्णबहादुर बुढाले जानकारी दिए ।

प्रहरी चौकी श्रीनगरका प्रहरी सहायक निरिक्षक बुढाका अनुसार, गाउँपालिकाका जिम्मेवार व्यक्तिनै जुवा खेली रहेको अवस्थामा फेला परेका हुन् । पक्रउ पर्नेमा २ जना वडाध्यक्ष, १ जना शिक्षक, २ जना ठेकदारहरु, १ जना माववअधिकारकर्मी र अन्य सर्वसाधारण गरी १५ जनाको टोलीलाई जुवाकै खालबाट पक्राउ गरिएको हो ।

उनिहरुलाई केही समय नियन्त्रणमा लिएको भएपनि प्रहरीले सोधपुज गरी अवका दिनहरुमा यस्तो कार्य नगर्ने कागज सहित जरीबाना तिरेपछी घर पठाएको छ ।

पक्राउ परेका २ जना वडाध्यक्ष लाई अब देखी तास नखेल्ने र नखेलाउने कागज सहित अदानचुली ३ का जनकबहादुर बिष्टको जिम्मा लगाइएको छ । बरामत गरीएका तासलाई प्रहरीको टोलीले जलाए छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]