माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु

Nepal Chek बुधबार, आश्विन १६, २०८१

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिका–३ राम गाउँमा माटोको ढिस्कोमा परी दुई जनाको मृत्युभएको छ । बुधबार विहान दशैँका लागि घर सजावट गर्न माटो खन्नेक्रममा सोही ढिस्कोमा परी गाउँपालिका रोजगार शाखाका प्राविधिक सहित दुई जनाको मृत्युभएको ताँजकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख धनराज ढकालले बताउनुभयो ।

गाउँपालिका रोजगार शाखा सहसंयोजक रहेका प्राविधिक रामगाउँका धुब्र शाही र सोही गाउँका २४ वर्षिय मनसरा मल्लको मृत्युभएको संयोजक ढकालले बताउनुभयो । सँगै माटो लिन गएका रामगाउँका २६ वर्षिय लालबहादुर शाही घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

दशँैको लागि घर लिप्ने सेतो कमेरो माटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्युभएको हो । राम गाउँकोको औल स्थित सियाणी खोलामा भएको कमेरो माटोको खानीमा बुधबार विहान कमेरो माटो लिन गएको समयमा ढिस्कोमा पुरिएर मृत्युभएको हो ।

धेरै वर्षदेखि चाडबाडका अवसरमा कमेरो निकाल्दा ठूलो ओढार परेको ठाउँमा भित्र गएका बेला माथिबाटको ढिस्को पुरिदा शाही र मल्लको घटना स्थलमै ज्यान गएको ताँजकोट गाउँपालिकाले जनाएको छ । कमेरोको ओढारबाट भाग्ने क्रममा लालबहादुर शाही छोपिदा उनि घाइते भएका छन् । उनको तल्लो शरिरमा चोट लागेको बताइएको छ । रोजगार शाखा संयोजक शाहीले भरखर विहे गर्नुभएको हो भने मल्लको ६ वर्षको छोरा रहेको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]