बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घट्नास्थलमै मृत्यु

Nepal Chek शनिबार, आश्विन १९, २०८१

सिमकोट । शनिबार दिउँसो साढे तीन बजे ताँजकोट गाउँपालिका–४ को पैमा खोला नजिक रहेको तीर्थसैना बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घट्नास्थलमै मृत्युभएको छ । लु १ ज २३४३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा एक महिला र एक बालकको मृत्युभएको हो ।

बोलेरो जीपमा सवार अन्य पाँच जना बाच्न सफल भएका छन् । हुम्लाबाट नेपालगञ्जतर्फ जादैँ गरेको जीप शनिबार दिउँसो दुर्घटना हुँदा नेपालगञ्ज उपमहानगरपालीका वडा नम्बर २० घरभएकी ४९ वर्षिय बिष्नु परियार र चंखेली गाउँपालिका वडा नम्बर ६ पुमा गाउँका कलबहादुर बुढाका छोरा अन्दातजी ६ वर्षिय बालक अभिषेक बुढाको मृत्युभएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक रविन्द्र खनालले जानकारी दिनुभयो । मृतक बालक नेपालगञ्जमा रहेको मामा घर दशैँ मनाउन गएको बताइएको छ ।

गियरबस बिग्रीएर जीप रोकि राखेको अवस्थामा ब्याक भइ तीन सय मिटर तल खसेको बताइएको छ । मैला कवाडी प्रहरी चौकीका असइ गोपाल वलीको नेतृत्वमा ६ जना प्रहरी घट्नास्थलमा पुगेको बताइएको छ । मृतक परियार दशैँ मनाउनका लागि सदरमुकाम सिमकोटबाट घर गएको बताइएको छ । जहाजको टिकट नपाउँदा अधिकांस सरदमुकाममा विभिन्न व्यवसाय गर्दै आएका जिल्ला बाहिरका नागरीक पैदल भएर गाडी मार्फत दशैँ मनाउन आफ्नो घर तर्फ लागेका छन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]