दशैँ, तिहार, छटमा सिमकोटका चारवटा स्वास्थ्य संस्था सञ्चालनमा रहने

Nepal Chek आइतबार, आश्विन २०, २०८१

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले नेपालीहरुको महान पर्व दशैँ, तिहार र छट पर्वको अवसरमा पालिका भित्र रहेका चारवटा स्वास्थ्यचौकी सार्वजनिक विदाको समयमा पनि सञ्चालनमा रहने भएका छन् ।

गाउँपालिका भित्र रहेका चारवटा स्वास्थ्यचौकीबाट आधारभूत स्वास्थ्य सेवा र आकस्मिक स्वास्थ्य सेवा सञ्चालन हुने भएका हुन् । वडा–२ ठेहे स्वास्थ्यचौकी, ३ वरगाउँ स्वास्थ्यचौकी, वडा–७ डाडाफयाँ स्वास्थ्यचौकी र ८ स्याडा स्वास्थ्यचौकीबाट दशैँको सार्वजनिक विदाको समयमा पनि नियमीत स्वास्थ्य सेवा सञ्चालन हुने भएको गाउँपालिका स्वास्थ्य संयोजक नर बहादुर भण्डारीले बताउनुभयो । चार्ड पर्वको समयमा नागरीकको स्वास्थ्य समस्यालाई मध्ये नजरमा राखि यि चारवटा स्वास्थ्य चौकीबाट नियमीत सेवा सञ्चालन हुने भएको संयोजक भण्डारीले बताउनुभयो ।

चार्डबाडको समयमा विभिन्न खानपानले नागरीकको स्वास्थ्य समस्या देखिने भएकाले त्यसको पूर्वतारीका लागि सेवा सार्वजनिक विदा शिनबारको दिनमा समेत स्वास्थ्य चौकी खुल्ला रहने गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताउनुभयो । असोज २३ गतेसम्म सम्पूर्ण सरकारी कार्यालय खुल्ला रहने र त्यसपछि दशैँको विदाको समयमा पनि सेवा सञ्चालन हुने भएको अधिकृत रोकायाको भनाई छ ।

यो सयममा विभिन्न रोग फैलनु भन्दा अगाडि नै सजग भएर काम गर्न पनि गाउँपालिकाले अनुरोध समेत गरेको छ । अन्य आधारभूत स्वास्थ्य इकाई र सामुदायिक स्वास्थ्य इकाईबाट अतिआवश्यक सेवा सञ्चालन हुनुका साथै तत्काल स्वास्थ्यकर्मी खटिने बताइएको छ । स्वास्थ्यकर्मी दशैँको बेला अभाव भएको हुँदा चारवटा स्वास्थ्यचौकी नियमीत खुल्ला रहने र अन्य स्वास्थ्य संस्थामा अति आवश्यक परेको खण्डमा स्वास्थ्यकर्मी खटिने भएको बताइएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]