सिमकोटमा आगलागीबाट बच्न सुरक्षा निकायले गर्यो कृत्रिम अभ्यास

दाने बोहरा सोमबार, आश्विन २१, २०८१

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोट तल्लो बजार सिमसार क्षेत्रमा सोमबार विहान जिल्लाको मनसुन तथा अन्य विपदलाई मध्यनजर गरी विपद प्रतिकार्य कृत्रिम अभ्यास गरिएको छ ।

तीनवटै सुरक्षा निकाय नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल पुलिसको संयुक्त रुपमा सहभागीतामा डेमो प्रदर्शन गरेका थिए । सिमकोट तल्लो बजारको खेल मैदानमा परालको छानो भएको घरमा आगलागी भएको सूचना जिल्ला प्रशासनमा आयो । प्रशासनले विपद व्यवस्थापन टोलीलाई तत्कालै खबर गरी उक्त टोली घट्नास्थलमा पुगेर आगो निभायो ।

कृत्रिम भएपनि घटनालाई वास्तविकजस्तै बनाइएको थियो । आगलागीमा घर जलेका महिला आफ्नो घरको आगो नियन्त्रणमा सरिक हुँदा घाइते हुनुभयो र विपद व्यवस्थापन टोलीले तत्काल प्राथामिक उपचार समेत गरेको थियो । थप उपचारका लागि जिल्ला अस्पताल पठाइएको थियो ।

आगलागीको कृत्रिम घटना गराई नियन्त्रणका लागि पूर्वअभ्यास गरिएको बराहदल गुल्म, रानीवन ब्यारेक हुम्लाका सेनानी प्रतिक सिंह राठौरले बताउनुभयो । हुम्लामा समबैभन्दा विपदका घट्ना मध्य आगलागीका घटना बढी भइरहने हुँदा यसबाट बच्ने उपायसहित पूर्व अभ्यास गरिएको सेनानी राठौरले बताउनुभयो । घटनामा तीनवटै सुरक्षा निकायको विपद व्यवस्थापन टोलीको सहयोगमा आगलागी नियन्त्रण, उद्धार तथा घाइतेको उपचारको व्यवस्था गरिएको थियो ।

आगलागीका घट्ना नहुन यदी भइहालेमा घटनालाई कमभन्दा कम क्षतिमा न्यूनीकरण गर्नका लागि सुरक्षाकर्मीले विपदको समय आपदविपद, अप्ठेरो, सारोगारो नभनी आवश्यक सरसमान परिचालन सहित परिचालित भएको र अपुग तथा नपुगेका सरसमानको व्यवस्थापन गर्ने पूर्वतयारीका लागि जिल्लाका सुरक्षा निकायले पूर्वअभ्यास कार्यक्रम गरेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो । कृत्रिम अभ्यासमा आगलागीको घट्ना भएको छ, त्यसको उद्धारका लागि आवश्यक पोशाक सहित तयारीमा खटिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताउनुभयो । हुम्लामा हुने यस्ता विपदका घट्ना नियन्त्रणका लागि जिल्ला विपद व्यवस्थापन समिति पूर्वतयारीमा चनाखो रहेको उहाँले बताउनुभयो ।

विपदका घट्ना जतिखेर पनि आइपर्ने भएकाले त्यस्ता घट्नाको पूर्वतयारीका लागि सरक्षाकर्मीले गरेको यो कार्य राम्रो भएको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले बताउनुभयो । आगलागी, बाढी पहिरो जस्ता घट्नाबाट मानविय र धनजनको क्षतिबाट उद्धार गर्न र कृत्रिम अभ्यासको प्रदर्शनमा लागेका सुरक्षाकर्मीलाई धन्यवाद समेत दिनुभएको थियो ।

सोमबार भएको कृत्रिम अभ्यासमा प्रहरी नायव उपरिक्षक रविन्द्र खनाल,सशस्त्र प्रहरी नायव उपरिक्षक देवराज राई, अनुसन्धान अधिकृत राजकुमार न्यौपाने, सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदी, विभिन्न राजनितीक दलका प्रमुख एवम् प्रतिनिधि लगायतको उपस्थित रहेको थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]