हुम्लाको दक्षिण क्षेत्रमा नेकपा एमाले अदानचुली गाउँ कमिटिले वडा स्तरिय पार्टी कार्यालय स्थापनाको कामलाई धमाधम शुरु गरेको छ ।
एमाले अदानचुली गाउँपालिका कमिटिको निर्णय अनुसार सोमबार पहिलो दिन वडा नम्बर ४ को वडा कार्यालय स्थापना गरेको छ भने आज वडा नम्बर २ को पार्टी कार्यालय स्थापना गरेको छ । पालिकाका छ वटै वडामा पार्टी कार्यालयको काम शुरु गरेको गाउँपालिका कमिटिका अध्यक्ष बुध भण्डारीले जानकारी दिए ।
‘एमाले गाउँपालिका कमिटिको निर्णय अनुसार पालिकाका ६ वटै वडाका पार्टी कार्यालयहरु स्थापना गर्ने, संगठन बिस्तार गर्ने लगायतका कामको शुरुवात गरेका छौं’ भण्डारीले भने, ‘ पहिलो दिन वडा नम्बर ४ पार्टी कार्यालय स्थापना गरेसँगै आज शुक्रबार वडा न्मबर २ को पार्टी कार्यालय स्थापना गरिएको हो ।’
अदानचुली –२ का अध्यक्ष हरि भण्डारीको अध्यक्षतामा पार्टी कार्यालयको उद्घाटन गरिएको हो ।
अदानचुली गाउँपालिकाका हरेक वडामा पार्टी सदस्यता नविकरण तथा संगठन बिस्तार गर्ने लगायतका सँगै पार्टी कार्यालयहरुको स्थापनाको काम शुरु गरेको जानकारी प्राप्त भएको छ ।
स्थानीय निबार्चन पनि नजिकै आउन लागेको बेला सत्तारुढ नेपाली कांग्रेसले आसन्त महाधिवेशनलाई केन्द्रित गरेर वडा तथा गाउँपालिकाका भेला तथा गोष्ठी सञ्चालन गरिरहेको बेला प्रतिपक्ष एमालेले पनि गाउँमा आप्mना राजनीतिक गतिविधि शुरु गरेको हो ।
हेर्नुहोस थप तस्विरहरु