बेपत्ता बालक मृत भेटिए

Nepal Chek बुधबार, कार्तिक २१, २०८१

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–३ रायाँ गाउँमा ८ दिनदेखि बेपत्ता भएका एक जना बालक आज मृत अवस्थामा भेटिएका छन् । रायाँ गाउँका लोकेन्द्र रावलका छोरा तीन वर्षिय सरत रोकाया बुधबार अतृ अवस्थामा भेटिएको स्थानीयले बताएका छन् ।

कात्तिक १४ गते आफ्नै घरबाट हराएका बालक सम्पर्कमा नआएपछि स्थानीय र प्रहरीले खोजतलास गर्दा हराएको आठ दिनपछि बुधबार राया र कारङ गाउँको बिच भएर बग्ने कारङ खोला नदिमा मृतावस्थामा फेला परेको वडाध्यक्ष च्यागा बोहराले बताउनुभयो ।

१४ गते दिउँसो घरमा आमा बुवा खाजा खाने समयमा बालक अचानक हराएका थिए । बालक नभेटिएपछि हराएको दोस्रो दिन प्रहरीलाई जानकारी गराउनुका साथै स्थानीय र प्रहरीले खोजतलास गरी आठ दिनपछि गाउँ नजिककैको  कारङखोला नदिमा मृत अवस्थामा फेला  परेको वडाध्यक्ष बोहराले बताउनुभयो ।

बालक बेपत्ता भएको दिनबाटै खोजी कार्य जारी राखेको भएपनि नभेटिएका बालक मृत अवस्थामा फेला परेपछि पोस्टमाटमका लागि घटनास्थलबाट जिल्ला अस्पताल सिमकोटमा ल्याइएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]