हुम्ला उपनिर्वाचनः दुई जना स्वतन्त्र सहित ७ जनाको उम्मेदवारी

Nepal Chek आइतबार, मंसिर ०२, २०८१

सिमकोट । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि विभिन्न राजनितिक दलहरुबाट सात जनाको उम्मेदवारी परेको छ । मंसिर १६ गते हुने उपनिर्वाचनको लागि उपाध्यक्ष पदको लागि ७ जनाको उम्मेदवारी परेको मुख्यनिर्वाचन अधिकृत शम्भु प्रशाद बरालले बताउनुभयो ।

नेपाली कांग्रेसबाट सर्केगाड गाउँपालिका वडा नम्बर ८ राहदेब गाउँकी सविता ऐडीको उम्मेदवारी परेको छ भने नेकपा एमालेबाट वडा नम्बर सात रोडिकोट गाउँकी जाना शाही, नेकपा माओबादी केन्द्र सहित समाजबादी मोर्चाबाट वडा नम्बर आठ राहदेब गाउँकी देबकी तिमिल्सििना, राष्टिय प्रजातन्त्र पाटी बाट गैरी साँया ४ की संगिता शाही र राष्टिय स्वतन्त्र पाटी(रास्वपा) बाट फुँचा ८ की बाँचा शाहीको उम्मेदवारी परेको छ । यस्तै स्वतन्त्रबाट २ जनाको उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवार तर्फ सर्केगाड ५ गोठीका नरेश साही र सर्केगाड ४ साँयाकै रामशरा खड्का शाहीको उम्मेदवारी परेको छ । गाउँपालिका स्तरका आफ्ना कार्यालयहरुबाट बाजाघाजा सहित उम्मेदवारी दर्ता गरेका हुँन् ।

मनोनय दर्ताको दुई दिन अगाडी बसेको सर्बदलीय बैठकले ठुला दल अनुसार उम्मेदवारी दर्ता गर्ने कार्य गर्ने सहमति अनुसार सो काम भएको हो । जसमा उम्मेदवार दर्ता गर्ने दिनमा जिल्लाका ठुला दलहरु मध्य नेपाली कांग्रेसले सबै भन्दा अगाडी आफ्नो उम्मेदवारी मुख्यनिर्वाचन अधिकृतको कार्यालयमा दर्ता गर्ने कार्य भएको थियो ।

काँग्रेसका तर्फबाट उपाध्यक्ष पदका लागि सविता बुढाले उम्मेदवारी दर्ता गर्ने कार्य भएको हो । यसअघि नेपाली काँग्रेसले गाउँपालिका केन्द्र सर्केगार्डको मिलन चोकबाट बाजाघाजा सहित र्याली निकाले मुख्य निर्वाचन अधिकृतका कार्यालयमा पुगेर उम्मेदवार दर्ता गर्ने कार्य भएको हो । काँगेस पार्टी सभापति मोहन बिक्रम सिंह, पुर्वपार्टी सभापति जयपति रोकाया, संविधान सभासदस्य रिता शाहीको नेतृत्वमा उम्मेदवार दर्ता गर्ने कार्य भएको थियो ।

त्यसैगरि नेकपा एमालेले पनि आफ्नो उम्मेदवारको उम्मेदवारी दर्ता दोस्रोमा गरेको छ । एक दिन अगाडी मात्र उम्मेदवारको नाम घोषणा गरेको एमालेका तर्फबाट जाना शाहीले उम्मेदवार दर्ता गर्नु भएको हो । एमाले केन्द्रीय सदस्यहरु छक्कबहादुर लामा, दल रावल, दल फडेराको नेतृत्वमा उम्मेदवारी दर्ता गर्ने कार्य भएको हो । यसअघि सृजना चोकबाट नेकपा एमालेले र्याली निकालेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेको हो ।

त्यसैगरि तेस्रोमा नेकपा माओवादी केन्द्रले आफ्नो उम्मेदवारी दर्ता गर्ने कार्य गरेको थियो । माओवादी केन्द्रका तर्फबाट देबकी तिमिल्सिनाले उम्मेदवारी दर्ता गरेकी छन् । तिमिल्सिना नेकपा माओवादी केन्द्र हुम्लाका संयोजक दिपेन्द्र रोकायाकी धर्मपत्नी हुँन् । माओवादी केन्द्रले आईतबार बिहान मात्र उम्मेदवारी छनौट गरेको थियो । माओवादी केन्द्रीय सदस्य बिजय भण्डारी, सिता शाही, छिमिदोर्जे लामाको नेतृत्वमा पुल्चोकबाट निकालिएको र्याली सर्केगार्ड बजार परिकर्मा गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेको थियो । माओवादी केन्द्रका उम्मेदवारलाई समाजवादी मोर्चाका घटकहरु नेकपा एकिकृत समाजवादी, बिप्लव र नेकपा माओवादीको सर्मथन रहेको छ । माओवादी केन्द्रकी उम्मेदवार तिमिल्सीना र काँग्रेस उम्मेदवार बुढा एउटै गाउँकी रहनु भएको छ ।

त्यसैगरि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट संगिता शाहीले पनि उम्मेदवारी दर्ता गर्नु भएको छ । सो पार्टीका केन्द्रीय सदस्य कालीबहादुर शाही र जिल्ला अध्यक्ष बिकास महतको नेतृत्वमा उम्मेदवारी दर्ता गर्ने कार्य भएको हो । त्यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीबाट पनि उम्मेदवारी परेको छ । सो पार्टीबाट बाँचु बुढाले उम्मेदवारी दर्ता गर्नु भएको हो । त्यस्तै दुई जनाले स्वतन्त्र उम्मेदवार दिनु भएको छ । विभिन्न राजनितिक दलहरुले आफ्नो उम्मेदवार हर्सउल्लासका साथ बाजागाजा सहित उम्मेदवारी दर्ता गराएको जानकारी प्राप्त भएको छ ।

उपनिर्वाचनका लागि शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको थियो । मङ्सिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । मङ्सिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनसक्ने छन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]