भुस्याहा कुकुरको बिगबिगी, सर्वसाधरणलाई टोक्न थाले

Nepal Chek शुक्रबार, मंसिर २१, २०८१

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा केही दिन यतादेखि छाडा छोडिएका भुस्याहा कुकुरको बिगबिगी देखिन थालेको छ । जथाभावी छाडा छोडिएका कुकुरले सञ्चार क्षेत्र टेलिकम नजिक विद्युत पछाडीको बाटोमा आवतजावत गर्ने सर्वसाधरणलाई जथाभाबी टोक्न थालेका छन् ।

राति १० बजेपछि बिहानसम्म बजारका चोक चोकमा भुस्याहा कुकुरको बिगबिगी बढेको पाइन्छ । यसरी बजारमा कुकुर बढी देखिनुका साथै जथाभावी टोक्न थालेपछि एक्लै हिँड्न कठिन हुने गरेको सिममोटका सर्वसाधरणले गुनासो पोखेका छन् ।

बजारभरी भुस्याहा कुकुर आउन थालेपछि अत्यावश्यक काम परेको समयमा पनि बाहिर निस्कन कठिन हुने गरेको सदरमुकामबासीको भनाई छ । जथाभावी छोडिएका भुस्याहा कुकुरले दुई बालबालिका र एक युवकलाई टोकेको समेत पाइएको छ । यसरी छोडिएका कुकुर नियन्त्रणमा सम्बन्धित पक्षले बेलैमा ध्यान दिन जरुरी रहेको छ ।

यस्तै सिमकोट गाउँपालिकाका केही स्थानमा रेबिज रोग फैलिएको बताएको छ । रेबिज रोग फैलिएपछि यस रोगको नियन्त्रणका लागि एन्टि रेबिज भ्याक्सिन लगाउने कार्य जारी रहेको सिमकोट गाउँपालिका पशुपञ्छी विकास शाखा प्रमुख विक्रम सार्कीले बताउनुभयो ।

बजारमा रहेका भुस्याहा कुकुर नियन्त्रणका लागि सदरमुकामबासीले गाउँपालिकालाई सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । स्थानीय, सर्वसाधरण लगायतको सहयोगमा गाउँपालिकाले भुस्याहा कुकुर नियन्त्रणमा लिन सक्ने बताइएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]