हवाई सेवा सुचारु गर्न सिमकोट विमानस्थलको हिउँ पन्छाउन सुरु

Nepal Chek मंगलबार, मंसिर २५, २०८१

सिमकोट । हुम्लामा आइतबार रातीदेखि सोमबार दिउँसोसम्म निरन्तर हिमपात भएपछि हवाई सेवा सञ्चालनमा ल्याउनका लागि विमानस्थलको हिउँ पन्छाउन सुरु भएको छ ।

विमानस्थलमा जमेको हिउँ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायतका सुरक्षाकर्मी मिलेर मङ्गलबार सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाउन थालेका हुन् । मङ्गलबार विहान मौसम सफाभएर घाम लागेपछि विमानस्थलमा जमेको हिउँ पन्छाउने कार्य सुरु भएको विमानस्थल स्रोतले जानकारी दिएको हो ।

विमानस्थलको रनवेयमा जमेको केही हिउँ आफै पग्लिएर गएपनि बाँकी रहेको हिउँ पन्छाउन थालिएको हो । हिउँ पन्छाउने कार्य सम्पन्न भएपछि मङ्गलबार नै हवाई उडान सञ्चालनमा आउन सक्ने बताइएको छ । जिल्लामा हिमपात हुँदा सोमबार एक दिन हवाई सेवा अवरुद्ध भएको छ । भने मङ्गलबार विमानस्थलको हिउँ पन्छाए सकिएपछि उडान सक्ने भएको छ । सिमकोट विमानस्थलमा जमेको हिउँ फाल्ने कार्य स्नोलक भेइकलबाट पनि जारी रहेको छ ।

सिमकोट विमानस्थल साढे सात सय मिटर लम्बाइ रहेको छ । पार्किङस्थलमा हिउँ खासै नजमेको भएपनि रन वेको हिउँ फाल्ने कार्य भएको हो । हुम्लामा सीता, समिट, तारा एयर र सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले नेपालगञ्जदेखि उडान गर्दै आएका छन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]