सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिकाङ–८ फुचा गाउँका अन्दाजी ४५ वर्षिय खड्कबीर बुढाको उपचारका क्रममा मृत्युभएको छ ।
सर्केगाड, मारघोर सडकको ट्याक खोल्ने स्काभेटर चढेर आउनुभएका बुढा स्काभेटर पल्टिदा घाइते भएर बाजुराको कोल्टी अस्पतालमा उपचारका क्रममा २६ गते विहमान ४ बजेको समयमा मृत्युभएको आफन्त रेशमराज रोकायाले बताउनुभयो । सोमबार खसी गोठाला भएका बुढा घर फिर्ता हुँदा स्काभेटर चढेर घर फर्किदा दुर्घटनामा परी घाइते हुनु भएको थियो । बुढालाई थप उपचारका कोल्टी लिएर उपचार गर्दा मृत्युभएको आफन्त रोकायाले बताउनुभयो । सर्केगाड, मारघोर सडकको ट्याक खोल्ने जिम्मा पाएको श्रेया कन्ट्रक्सनले पाएको थियो ।
प्रदेश ०३–०१००३ क ६२४९ नम्बर स्काभेटर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक सरोज कडेँलले बताउनुभयो । जुम्ला गुठीचौकर गाउँपालिका–१ चुत्रा घर भएका ३६ वर्षिय स्काभेटर चालक लाक्पा महतारालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइसकेको प्रहरी निरीक्षक कडेँले बताउनुभयो ।