मानव अधिकार एलाइन्स हुम्ला अध्यक्षमा महतारा

Nepal Chek आइतबार, मंसिर ३०, २०८१

सिमकोट । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल मानव अधिकार एलाइन्स हुम्लाको अध्यक्षमा बेलुमाया महतारा निर्वाचीत हुनु भएको छ । शनिबार जिल्ला सदरमुकाम सिमकोटमा सम्पन्न भएको पाँचौ अधिवेशनले महतारालाई सर्वसहमतीमा अध्यक्षमा निर्वाचित गरेको गरिएको हो ।

यसैगरी एलाइन्सको उपाध्यक्षमा ऐटन रावल, सचिव फुन्जोक लामा, कोषाध्यक्षमा उजिल कार्की, सदस्य मोतिलाल महतारा र जनक बुढा निर्वाचीत गरिएको हो । सात सदस्यीय कार्य समिति विस्तार गरिएको मानव अधिकार एलाइन्स हुम्लाले जनाएको छ । समाजमा हुने मानव अधिकार विरुद्धका घटनाहरुलाई मानव अधिकार एलाइन्सले बाहिर ल्याउदै मानव अधिकारकोे संरक्षण र सम्बर्धनमा योगदान गर्न कार्यक्रममा आग्रह गरिएको हो ।

यस अघि एलाइन्सको जिल्ला शाखाको अध्यक्षमा पदम राज हमाल हुनु हुन्थ्यो । शनिबार भएको कार्यक्रममा नेकपा एमाले हुम्लाका विभिन्न नेताहरुको उपस्थित रहेको थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]