कर्णाली कोरीडोर सिमकोट–खार्पुनाथ सडक पुन: विवादमा आयो

Nepal Chek आइतबार, मंसिर ३०, २०८१

सिमकोट । कर्णाली करिडोर अन्तर्गत सिमकोट–खार्पुनाथ सडक पुन: विवादमा पुगेको छ । शनिबार ठेकेदार कम्पनीले सडक खन्ने क्रममा यहाँका स्थानीयले डोजर माथि तोडफोड गरेको बताइएको छ । सडक निर्माण गरिरहेको डोजर तोडफोड हुँदा झण्डै रु १२ लाख रुपैयाँ बराबरको डोजरमा क्षति भएको निर्माण कम्पनीले जनाएको छ । उक्त डोजर कांग्रेस महासमिति सदस्य अर्जुन महताराको हो । कांग्रेसकै हुम्ला उपसभापति बसन्त रोकायामाथि डोजर तोडफोडको आरोप छ ।

महताराले सडक खन्न करिब ५ सय मिटर मात्रै बाँकी रहेका बेला जिल्ला उपसभापति रोकायाले डोजरमा ढुंगा प्रहार गरी क्षति पु¥याएको उहाँले बताउनुभयो । निर्माण कम्पनीका ठेकेदार महताराले आज सार्वजनिक विदा भएकाले आफु भोली उपसभापति विरुद्ध उजरी दर्ता गर्ने बताइएको छ ।

मानसरोवर स्कुलभन्दा तलतिरको मोड नजिकको डिपिआर विनाको निर्माण पक्षले सडक खनेको ओरोप रोकायाको छ । उहाँले भन्नुभयो, डिपिआर नभएको जग्गामा सडक निर्माण हुँदा आफ्नो जग्गा मिचिन नहुने उहाँको भनाई थियो । डिपीआर बन्दा पनि आफ्नो जग्गा मिचिने गरी बनाएको भन्दै उहाँले विरोध गरेको गर्नुभएको थियो ।

यस्तै उता नेपाली कांग्रेस उपसभापति रोकायाले यो सडक खन्ने क्रममा केही वर्ष अघि पनि विवाद भएको बताउनुभयो । यस अघि निर्माण कम्पनीले डिपिआर विना सडक खन्नुका साथै डिपिआर भएको छ भनेर विल समेत मिलाएर रकम भुक्तानी गरेको आरोप रोकायाको छ । अब हिल्सा सडक आयोजना र ठेकेदार कम्पनी विरुद्ध आफुले पनि उजुरी दर्ता गर्ने रोकायाले बताउनुभयो । डिपिआर विना सडक कार्यालय र ठेहेदारले सडक निर्माणका क्रममा बिल मिलाएर भुक्तानी गरेको विषयमा आफुले अख्तियारीमा उजुरी गर्ने रोकायाको भनाई छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]