सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिकामा कार्यरत कर्मचारीले कार्यालय समयमा ब्याडमिन्टन खेलेर दिन विताउने गरेका छन् । सर्केगाडका कर्मचारीले कार्यालय समय पालना नगरेको पाइएको छ । आइतबार दिउँसो गाउँपालिकामा कार्यरत कर्मचारीले कार्यालय समय दिउँसो बाह्र बजे ब्याडमिन्टन खेल खेलेर विताइरहेका थिए ।
जिल्लास्थित सञ्चारकर्मीको टोली यस क्षेत्रमा पुग्दा उनीहरुले खेल खेलेर समय विताएको पाइएको छ । गाउँपालिकामा कार्यरत कर्मचारीले एक त समयको वास्ता नगरेको पाइन्छ भने अर्को तर्फ गाउँपालिका कार्यालयको अगाडी खाली प्राङगाणमा जाली बनाएर खेल खेलिरहेका थिए । यहाँ प्राय जसो कर्मचारीले समय पालना नगरेको नाम नबताउने सर्शतमा एक जना सेवाग्राही बताउनुभयो । सर्केगाडमा कार्यालय समय अधिकांश कर्मचारीले पालना नगर्दा सेवाग्राही झन् सास्तीमा पर्ने गरेका छन् । गत आर्थिक वर्षदेखि सरकारले कर्मचारीका लागि कार्यालय समय विहा साढे ९ बजेदेखि साँझ साढे पाँच बजेसम्म समय बढाएको छ । तर यहाँका कर्मचारीले कार्यालय समयको वेवास्था गरेका छन् ।
यहाँका कर्मचारीले प्राय पोशाक लगाउँदैनन् भने पोशाक नलगाएर खेल खेलिरहेका थिए । हुम्ला जस्तो ग्रामीण वस्तिमा रहेका स्थानीय तहमा कार्यरत सरकारी कर्मचारीले ड्रेस कोड पालना गरे÷नगरेको, कार्यालय समयमा कार्यालय गए÷नगएको, कार्यालय गए पनि कार्यकक्षमा बसे÷नबसेको, सेवा प्रवाह, सेवाग्राहीको गुनासो, कार्यालयमा सरसफाइजस्ता विषयको अनुगमन नहुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।
यो विषयमा सर्केगाड गाउँपालिका अध्यक्ष ठान बहादुर रोकायालाई बुज्न खोज्दा पुस तीन गतेदेखि टेलिफोन सेवा अवरुद्ध भएकाले फोन सम्पर्क हुन सकिरहेको छैन् ।