ड्रागन बोटरेसः डोङगुआन लेओयुलाई दोहोरो उपाधि

Nepal Chek सोमबार, पौष १५, २०८१

पोखरा – पोखरामा फेवातालमा भएको ड्रागन बोटरेसमा डोङगुआन लेओयु क्लब ग्वाङडोङले दाहोरो उपाधि हात पारेको छ।

आइतबार र सोमबार दुई दिनसम्म चलेको दोस्रो संस्करणको अन्तर्राष्ट्रिय ड्रागन बोटरेसमा डोङगुआन लेओयु क्लबले २०० र ५०० मिटर दुवै विधामा उपाधि हात पारेको हो।

२०० मिटरतर्फ ४७.७२ सेकेन्ड र ५०० मिटरतर्फ २ मिनेट ४.४७ सेकेन्डमा दूरी पार गर्दै उपाधि रक्षा गरेको हो। दुवै विधामा ५/५ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्न सफल भएको छ।

५०० मिटरतर्फ लियाओचेङ युनिभर्सिटीको समूहले २ मिनेट ७.३४ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भयो। वुहान स्पोर्टस युनिभर्सिटीको समूहले २ मिनेट .४४ सेकेन्डमा दूरी पूरा गरेर तेस्रो भएको हो।

२०० मिटरमा युनान मिन्जु युनिभर्सिटीको समूहले ४८.२२ सेकेन्डमा पूरा गर्दै दोस्रो स्थान हासिल गरेको छ। लियाओचेङ युनिभर्सिटीको समूहले २०० मिटरमा भने तेस्रो स्थान हासलि गरेको हो। यो समूहले ५०.८३ सेकेन्डमा दूरी पार गरेको छ।

दुवै विधामा दोस्रो हुनेले २ हजार डलर र तेस्रोले १ हजार २०० डलर पुरस्कार प्राप्त गरेका हुन्। सहभागी १७ समूहलाई प्रतिसमूह ५ सय डलर प्रदान गरिएको छ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सहआयोजनामा फेस्टिभल भएको हो।

प्रतियोगितामा २० समूहले सहभागिता जनाएका थिए। नेपालका ११, चीन ८ र सिंगापुरका एक गरी २० समूह सहभागी भएका हुन्।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]