सिमकोट । हिमाली जिल्ला हुम्लाका सामुदायिक र निजी विद्यालय वार्षिक परीक्षा सम्पन्न गरेर विद्यालय बन्द भएका छन् । जिल्लाका सातवटै स्थानीय तहमा रहेका विद्यालयले वार्षिक परीक्षा सकेर मिनपचास विदाका लागि विद्यालय बन्द गरेका छन् । पुस महिनामा बन्द भएका विद्यालय अब फगुनमा मात्र खुल्ने छन् ।
उँदमा अत्याधिक चिसो हुने भएकाले हुम्ला लगायत साविकका कर्णालीका हिााली जिल्लामा नेपाल सरकारले हिउँदे विदा दिदैँ आएका छन् । जिल्लामा पुस र माघ दुई महिनामा हिउँदे विदा हुन्छ भने फाल्गुन २ गतेबाट सम्पुर्ण सामुदायिक विद्यालय सञ्चालनमा आउने गर्दछन् । वार्षिक परीक्षा सम्पन्न गरेर मिनपचास विदामा रहेका यहाँका विद्यालय अब फागुन दुई गतेदेखि नयाँ शैक्षिक सत्रबाट सञ्चालनमा आउने भएको शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख योगेश आलेमगरले बताउनुभयो । जिल्लाको सातवटा स्थानीय तहभित्रका १ सय, ५१ विद्यालयले वार्षिक परीक्षा सकेर बिदा दिएको छ ।
हुम्लामा १ सय, ४५ सामुदायिक, एउटा धार्मिक र पाँच संस्थागत विद्यालय छन् । जिल्लाका सात गाउँपालिकामध्ये नाम्खा गाउँपालिकामा १४ सामुदायिक, एक निजी गरी १५, सिमकोटमा २१ सामदुदायिक चार निजी गरी २५, खार्पुनाथमा १७ सामुदायिक, सर्केगाडमा ३२ सामुदायिक, एक निजी गरी ३३, चङ्खेलीमा २४ सामदाियक, अदानचुलीमा २० र ताँजाकोटमा १७ सामुदायिक विद्यालय छन् । जिल्लाका सामुदायिक र निजी गरी एक सय एकाउन्न विद्यालयले विदा दिएका छन् ।
हुम्लामा मङसिर महिनाको मध्ये देखि नै चिसो अत्येधिक हुने गर्दछन् । भने यहाँका तापक्रम माइनसमा झर्ने गर्दछ । सदरमुकाम सहित जिल्ला भरमा रहेका खानेपानीका पाइपमा वरफ जमेर कतिपय धारा बन्द हुने गरेका छन् । नियमानुसार हिमाली जिल्लाका विद्यालयमा पुस १६ बाट फागुन २ गतेसम्म हिउँदे बिदा (मिनपचास) को प्रावधान रहेको छ । जिल्लास्थित सामुदायिक र निजी विद्यालयले लिएको वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेर बन्द भएका हुन् ।