सुत्केरी गराउन अस्पताल लैजादै गर्दा भण्डारीले बाटोमै जन्माइन बच्चा

Nepal Chek आइतबार, माघ ०६, २०८१

सिमकोट । हिमाली दुर्गम जिल्ला हुम्ला सहित कर्णालीका अधिकांस दुर्गम गाउँबस्तीहरुमा स्तरीय स्वास्थ्य सेवा प्रवाह नहुनु र दुर्गम गाउँका महिलाहरुको स्वास्थ्य सेवामा पहुँच नभएका कारण ग्रामिण क्षेत्रका सुत्केरीहरु बाटोमै बच्चा जन्माउन बाध्य छन् ।

हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी २७ वर्षिय भन भण्डारीले बाटोमै बच्चा जन्माउनु भएको छ । आइतबार विहान सुत्केरी व्यथा लागेपछि गाउँमै रहेको स्वास्थ्यचौकीमा पुगेकी भण्डारीलाई जिल्ला अस्पतालमा रिफर गरेपछि विच बाटोमै बच्चा जन्माउनु भएको हो ।

रगत नियमीत बगिरहेको र प्रेसर पनि कम छ भनी स्वास्थ्यचौकीले नसक्ने र आफुसँग थप उपकरण नभएका कारण जिल्ला अस्पतालमा लैजान भनेर रिफर गरेको थियो । ठेहे गाउँबाट सदरमुकाममा रहेको जिल्ला अस्पतालमा पैदलबाट तीन घण्टा लाग्ने गर्छ । गाडीबाट एक घण्टा लाग्ने भएपनि केही दिनअघिको हिमपातले सिमकोट गाउँपालिका–३ को मन्की खोलामा बरफ जमेका कारण गाडी जान नसक्ने भएपछि स्टेचरमा बोकेर ल्याइएको थियो । छिटो उपचारका लागि स्वास्थ्य सेवा कार्यालयको एम्बुलेन्स समेत सिमकोट गाउँपालिका–४ को हेल्दुम खोलासम्म माग गरिएको थियो । तर भण्डारीले बाटोमै बच्चा जन्माउनुभएको हो । गाउँबाट स्टेचरमा बोकेर साढे एक घण्टा हिडेपछि सिमकोट गाउँपालिका–३ बरगाउँको चुकेडी भन्ने स्थानमा बाटोमै भण्डारीले छोरीलाई जन्म दिएको आफन्त कृष्ण बोहरा (तुला)ले बताउनुभयो । अहिले सुत्केरी आमा र शिशु दुवैको अवस्था राम्रो भएको र घरफिर्ता लगिएको उहाँले बताउनुभयो ।

बोहराले भन्नुभयो, अप्ठेरो बाटोमा बाटोमा साधरण मानिस हिड्न पनि समस्या हुन्छ, त्यहीँ समस्याका बाबजुत पनि स्टेचरमा बोकेर जिल्ला अस्पतालमा लैजादै गर्दा बाटोमै बच्चा जन्माउनुभयो । सदरमुकामको जिल्ला अस्पतालमा पुग्न अझै साढे एक घण्टा बाँकी थियो । गाउँबाट चुकेडी बिच बाटो पुग्न साढे एक घण्टा लागेको थियो । स्टेचरमा बोकेर ल्याउनुपर्दा स्थानीयले सास्ती खेप्नु परेको छ ।

गाउँमा स्वास्थ्यचौकीका साथै प्रसुती सेवा पनि छ । गाउँमा भनेको समयमा उपलब्ध सेवा पाइनछ, न त भनेको बेला औषधि हुन्छ, न त राम्रा उपकरण नै छन् । सदरमुकाम आसपासककै नागरीकले यस्तो समस्या भोग्नु परेको छ बोहराले गुनासो पोख्नुभयो । अझै हिमाली जिल्ला हुम्लाका महिलाले सुत्केरी व्यथा लागेको समयमा स्तरिय सेवा नपाएको बताउने गरेका छन् ।

भण्डारीको मात्रै नभएर हुम्लाका अधिकांस दक्षिण भेगका यस्तै व्यथा लागेका आमाहरुको प्रजनन् स्वास्थ्य निकै दयनिय अवस्थामा रहेको छ । गाउँघरमा कडा परिश्रम, प्राय जसोले कम उमेर विवाह गरेर बच्चा जन्माउनु, स्वास्थ्य सेवा पहुँचबाट वञ्चित, पौष्टिक आहारको कमीलगायत कारणले सुत्केरीको ज्यान जोखिम पर्ने गरेको छ ।

नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने छ कसैलाई पनि आकष्मिक स्वास्थ्य सेवाबाट वञ्चित गराइने छैन र सबै नागरिकको स्वास्थ्य सेवामा समान पहुँचको व्यवस्था गरिएको भएपनि ग्रामिक क्षेत्र महिलाहरु स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटो मै बच्चा जन्माउन बाध्य छन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]