हुम्ला । जिल्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा ६ महिने सिलाईकटाइई तालिम आजसम्पन्न भएको छ । मिती २०७७ साल माघ १५ गतेबाट सुरु भएर २०७८ साउन १५ गते सिलाईकटाई तालिम सकिएको भएपनि आज एक कार्यक्रमका विच समापन गरीएको जानकारी प्राप्त भएको छ ।
शिसुको आर्थिक सहयोग, मिसन इष्ट नेपालको प्राविधिक सहयोग, सर्केगाड गाउँपालिकाको समन्वय, महिला कल्याण सेवा र किर्डाक नेपालको साँझेदारीमा ६ महिने सिलाईकटाई तालिम सम्पन्न भएको जानकारी प्राप्त भएको छ ।
सर्केगाड गाउँपालिकाको वडा दुई रिप बाहेक अन्य सबै वडा एक देखि आठसम्मका दश जना महलिा महिलाहरुको सहभागितामा तालिम सन्चालन भएर सम्पन्न भएको हो । दश जना महिलालाई ६ महिना सम्म नर बहादुर भक्क्रिले प्रशिक्षण दिनुभएको थियो ।
समापन कार्यक्रममा ६ महिनासम्म सिकेको सिलाईकटाई सिपलाई आ आफ्नो ठाउँमा सहि प्रयोग गरी जिवीकोपार्जन तथा आयआर्जनमा सुधार ल्याओस भन्ने कुराहरु बक्ताहरुको भनाई थियो । सिलाईकटाई तालिममा, सर्ट, पाईनट, कुर्ता, सुरुवाल, बच्चाहरुको भोटो र कोट बाहेक अन्य सबै सिप सिकाईएको थियो । तालिममा सहभागी महिलालाई साँझेदारी संस्थाले उनिहरुले सिक्दै गरेको मेसिन उपलब्ध गराईएको थियो ।
सिप सिकेका सहभागी महिलाहरुलाई व्यवसाय सन्चालन गर्नको लागी सहयोग गर्ने प्रतिवद्धता साँझेदारी संस्थाहरुले दिएका थिए ।
कार्यक्रमको समापन कार्यबाह वडाध्यक्ष गज बहादुर रावतले गर्नुभएको थियो ।
तालिममा सहभागी वडा नम्बर ६ बैराई गाउँका महिला रेलकला रोकायाले, भनिन् , यो भन्दा पहिला आफुले कुनै पनि तालिम नपाएको भएपनि ६ महिनासम्म सिकेको सिलाईकटाई सिपले जिवीकोपार्नमा थप सहयोग पुग्ने बतताईन् । आफ्ुले सिकेको सिपलाई गाउँघरमा अरुलाई सिकाउनुका साथै, सहयोगको अझै अपेक्षा रहेको बताइन् । रोकायाले भनिन्, गाउँमा लुगा,कपडा सिलाउँन मान्छे हुँदैन थिए, अब आफुले सिकेको सिपलाई सहि ठाउँमा प्रयोग गरिने बताइन् । तालिम गाउँपालिकाको केन्द्र सर्केगाडमा सञ्चालन भएको थियो ।