अदानचुलीको कल्खेमा पशुवस्तुका लागि जम्मा गरिएको घाँसका खातमा आगलागी

Nepal Chek बिहिबार, माघ १०, २०८१

सिमकोट । बिहिबार विहिबार दिउँसो हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–१ स्थित तल्लो कल्खेमा आगालागी हुँदा १६ वटा घाँसका खात जलेर नष्ट भएको बताइएको छ । हिउँदयाममा पशुवस्तुलाई दिनका लागि जम्मा गरि राखिएको घाँसमा अचानक आगलागी हुँदा जलेर नष्ट भएको हो ।

तल्लो कल्खेका स्थानीयले हिँउदको समयमा पशुचौपाया खुवाउनका लागी गाउँ नजिकै भण्डारण गरिएको सोही घाँसका खातहरुमा आगालागी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । स्थानीय प्रदिप महतारा, कालि बहादुर महतारा, बिक्रम महतारा र युवराज महताराको घाँस खातमा आगालागी भएको काली बहादुर थापाले बताउनुभयो ।

उहाँका अनुसार, गाउँ भित्रै रहेका घाँसका खातहरुमा आगालागी भएपनि घाँस बाहेकको अन्य क्षती भने केही नभएको जानकारी दिनुभयो । दिउँसो करिब १ बजेबाट लाग्न थालेको आगो साढे ३ बजे नियन्त्रणमा लिएको हो । घाँसका खातमा आगलागी भएको आगो स्थानीयले नियन्त्रणमा लिनुका साथै अन्यमा आगलागी हुन बाट रोकेको थापाले बताउनुभयो ।

सोही घाँसमा लागेको आगो स्थानीय नागरीक र गल्फागाड प्रहरी चौकी श्रीनगरले नियन्त्रणमा लिएको हो । स्थानीयद्धारा राखिएको घाँस खात नजिकै घरहरु भएको भएपनि स्थानीय नागरीकको सहायतामा प्रहरीले आगोलाई अन्य क्षती हुन नदिई नियन्त्रणमा लिएको जनाइएको छ । तर आगो भने के कसरी लागेको भन्ने एकिन हुन नसकेको जनाइएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]