सिमकोट । लामो समयदेखि हिमाली जिल्ला हुम्लामा अपाङ्गता भएका बालबालिकालाई आवस सहित पठनपाठनमा सहयोग पुराउदैँ आएको हिमाली शिक्षा र विकास हेड नेपालले बालबालिका भर्नाका लागि आवेदन खुल्ला गरेको छ ।
हिमाली शिक्षा र विकास हेड नेपालबाट सञ्चालीत आवसिय समावेशी शिक्षा स्रोत केन्द्र सिमकोटमा नयाँ शैक्षिक शत्रको लागि भर्ना खुलेको हुनाले शारिरीक तथा दृष्टि सम्बन्धि अपाङ्गता भएका बालबालिका भर्नाका लागि संस्थाले मागेको कागजात सहित यहीँ माघ तीस गतेसम्म आवदेन दिन सक्ने हेड नेपालका कर्मचारी भक्तराज ऐडीले बताउनुभयो ।
बालबालिका भर्नाका लागि व्यक्तिगत निवेदन, बालबालिका शारिरीक तथा दृष्टि सम्बन्धि अपाङ्गता भएको प्रमाणपत्रको प्रतिलिपि, आमाबुवाको सम्बन्धित बालबालिकाको दुई प्रति फोटो, सम्बन्धित स्थानीय तहबाट आवासिय स्रोत केन्द्रमा भर्ना गर्नको लागि वडाको सिफारिस अनिवार्य भएको ऐडीले बताउनुभयो । आवासिय स्रोत केन्द्रमा भर्ना गर्नका लागि हुम्ला, मुगु र बाजुरा जिल्लाबाट उक्त आवासिय स्रोत केन्द्र सिमकोटमा भर्नाका लागि निवेदन दिन सकिने भएको बताइएको छ । साथै बालबालिका छनोट अपाङ्गताको गम्भिरता र घरपरिवारको अवस्थाको आधारमा छनोट गरिने भएको कार्यकारी निर्देशन छितुप लामाले बताउनुभयो ।
निवेदन दिन सम्बन्धित कार्यालय पुग्नुका साथै [email protected] र गृह व्यवस्थापक मनिसा ऐडीलाई ९८४९६५२०१७ मा फोन गरेर थप जानकारी लिन सकिने भएको बताइएको छ ।