सिमकोट । नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी सङ्गठन हुम्लाको १२ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार सिमकोट माथिल्लो बजार मानसरोवर होटेलमा भएको १२ औं अधिवेशनबाट महेन्द्र रोकायाको नेतृत्वमा सम्पन्न गरिएको जानकारी प्राप्त भएको छ ।
१२ औं जिल्ला अधिवेशनबाट हुम्ला जिल्लाको अध्यक्षमा रोकाया चयन भएका हुन् । त्यसैगरी मेहराज विष्ठ, महिला उपाध्यक्षमा सरीता कार्की, सचिवमा धर्मराज बोहरा, सह सचिवमा मिमसिंह नेपाली, चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा मनप्रसाद शर्मा, लबी रावत, विष्णुभक्त जैसी लगायतका गरी १६ सदस्यीय जिल्ला कार्य समिति भयन भएको जानकारी प्राप्त भएको छ ।
यस्तै लेखा आयोगतर्फको सदस्यहरुमा भक्तबहादुर शाही, बर्खबहादुर शाही, वीरमान बोहरा चयन भएका छन् । भने प्रदेश प्रतिनिधिमा भक्तबहादुर शाही सहकारी प्रतिनिधि, प्रकाश कुमार खड्का प्रदेश प्रतिनिधि, बर्खबहादुर शाही प्रदेश प्रतिनिधि मनोनीत भएका छन् । त्यसैगरी केन्द्रीय प्रतिनिधिमा भक्तबहादुर शाही, लालप्रसाद ढकाल सहकारी प्रतिनिधि, धन बहादुर रावत केन्द्रीय मनोनीत भएको बताइएको छ ।
नेपाल निजामती कर्मचारी सङ्गठनले हुम्लामा कार्यरत निजामती कर्मचारीहरूको हक हितका लागी निरन्तर कार्य गर्दै आउनुका साथै अगाडी बढ्ने नव निर्वाचीत रोकायाले बताउनुभयो । हुम्लामा नेपाल निजामती कर्मचारीको नेतृत्व छैन्, कर्मचारी छैन् संगठन छैन् भनेर बजारमा जुन किसिमको हुइया चलाइएको छ त्यसको सत्यता नभएको रोकायाले बताउनुभयो । हुम्लामा मात्रै एमाले निकटका एक सय दुई जना भन्दा बढी कर्मचारी रहेका छन् । विगतमा यो संगठन केही सुस्ताएपनि अब यो नेतृत्वले केही आशा र अपेक्षाका साथ काम गरेर देखाउने र पार्टीको साथ सहयोगको आवश्यक रहेको रोकायाले बताउनुभयो ।
यस्तै कार्यक्रमका प्रमुख अथिती तथा एमाले जिल्ला पार्टी अध्यक्ष ज्ञामी बुमीले पार्टीको नजिकको संगठन रहेको बताउनुभयो । यो संगठनले देशभर कर्मचारीका विभिन्न समयमा हक हितका लागि २०४६ सालमा आन्दोलन गरेर जायज माग पुरा भएका छन् । एमालेले ल्याएको खुसी नेपाली, समृद्ध नेपालको नारालाई सार्थक बनाउन निजामती संगठनको मूख्य भूमिका रहेको बताउनुभयो । अध्यक्ष बुमीले भन्नुयो, यो संगठनले पार्टीको झण्डा समातेर हिड भन्दैनौ, जिल्लामा कर्मचारीले गरेका व्यथिती, विकृतीलाई उजागर गर्नका लागि आवाज उठाउनमा लाग्नु पर्ने बताउनुभयो । पार्टीको यो संगठनले उठाएका जायज मागका लागि एमाले जिल्ला पार्टी सधैँ साथ र सहयोगी भएर लागि पर्ने अध्यक्ष बुमीले बताउनुभयो ।
आजै भएको १२ औँ जिल्ला अधिवेशनमा नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रिय सदस्य गीता लामा, एमाले कर्णाली प्रदेश कमिटी सदस्य डबल रावत, एमालेका अग्रज नेता लोक बहादुर हमाल, जिल्ला पार्टी उपाध्यक्ष प्रकाश बहादुर शाही, जिल्ला पार्टी सचिव तीर्थराज बोहरा, पूर्ण बहादुर रावत लगायत विभिन्न कार्यालयमा कार्यरत कर्मचनरीको उपस्थित रहेको थियो ।