सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा ८ खोल्सी गाउँ निवासी १८ वर्षिय एक जना किशोरी पाँचदिन देखि हराईरहेकी छन् ।
आफन्तले किशोरीको खोजी कार्यलाई तिव्र पारेपनि पाँच दिन वितिसक्दा समेत भेटाउन नसकेको बताइएको छ ।
साउन १२ गते राती १० बजेबाट वेपत्ता भएकी सोविता शाहीको खोजतलास भई रहेको आफन्त दन्त सिंहले जानकारी दिए ।
सोही दिन रातिको समयमा किसोरी आफ्नो साथिको घरमा सुत्न जाने भन्दै घरपरिवारलाई जानकारी गराएको भए पनि पछि साथीको घरमा पनि नगएको र विहान आफ्नो घरमा पनि फिर्ता हुन नसकेपछि साउन १३ गते आफन्तद्धारा धारापोरी प्रहरी चौकीलाई जानकारी गरिएको किसोरीका बुवा देवजन शाहीलाई उद्धित गर्दै खोल्सीबाट सिंहले बताए ।
किसोरी वेपत्ता भएको जानकारी प्रहरीचौकीलाई गरे पनि हुलिया सहितको विवरण लिएर जिल्ला प्रहरी कार्यालय हुम्लामा जानु पर्ने भने लगतै आफन्तद्धारा साउन १५ गते प्रहरी कार्यालय हुम्लामा खोजतलासीको लागि उजुरी गरिएको सिंहले बताए ।
किसोरी हराएको उजुरी आएपछि प्रहरीले खोजतलासका क्रममा बझाङ जिल्ला पुगेको भन्ने खवर आएको जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख एवम प्रहरी निरिक्षक दानसिंह भण्डारीले बताउनु भयो । हाँका अनुसार अझैँ प्रहरीले खोज्ने कार्य गरि रहेको बताइएको छ ।