गृह मन्त्रालयले बनायो दार्चुला घटना छानबिनका लागि समिति

नेपालचेक समचारदाता आइतबार, साउन १७, २०७८

काठमाण्डौ  । तुइन काटेर नेपाली नागरिकको हत्या गरिएको भन्ने सन्दर्भमा छानबिन गर्न गृह मन्त्रालयले एक समिति गठन गरेको छ ।  गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलका अनुसार दार्चुला घटनाको छानबिन गर्नका लागि सहसचिव जनार्दन गौतमको संयोजकत्वमा एक समिति गठन गरिएको हो ।

गौतमको संयोजकत्वमा सुदूरपश्चिम प्रदेशका डीआईजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक (डीआईजी) हुतराज थापा, सशस्त्रका एसएसपी सुरेश कुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्‍स्‍ना भट्ट सदस्य रहने गरी ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो । घटनाबारे सत्यतथ्य बुझेर प्रतिवेदन पेश गर्न उनीहरुलाई १० दिनको समय दिइएको छ ।

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]