स्काभेटर पल्टिदा चंखेलीमा दुई जनाको मृत्यु

Nepal Chek सोमबार, बैशाख ०१, २०८२

सिमकोट । हुम्लाको दक्षिण भेगमा पर्ने चंखेली गाउँपालिकामा आइतबार राती स्काभेटर पल्टिदाचालक सहित दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी चंखेली गाउँपालिका–२ दुई बस्ने ४५ वर्षिय परबल कामी र स्काभेटर चालक सोही वडाका ३१ वर्षिय अर्जुन कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक श.कर पोखरेलले बताउनुभयो । उपचारको क्रममा घाइते भएका दुवै जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ । चंखेली गाउँपालिका–लोती भन्ने स्थान पिपलाङ्गबाट मिमि तर्फ जाने सडकखण्डमा चैन वाला स्काभेटर प्रदेश नम्बर २.०३.००१ क ९७५ बिग्रेर राखेको स्काभेटर चलाउँदा पल्टिएर एक सय मिटर तल खस्दा दुई जनाको मृत्युभएको हो ।

काभेटर चालक अर्जुन कामीले बिग्रेको स्काभेटरलाई चलाउने क्रममा एक्कासी स्काभेटर सडकबाट करीब सय मिटर तल खस्दा घाइते भएका दुबै जनाको उपचारका लागि एम्बुलेन्सद्धारा श्रीमष्ठा प्रथामिक स्वास्थ्यचौकी पिपलाङ्गमा लगि उपचारका क्रममा मृत्यु भएको हो ।

स्काभेटर आइतबार राती पौने आठ बजे तिर घट्ना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । घट्ना भएको जानकारी पाउनसाथ प्रहरी चौकी मिमिबाट प्रहरी सहयाक निरिक्षक कटक बहादुर बोहराको नेतृत्वमा चार जना र प्रहरी चौकी मेल्छाम हुम्लाबाट प्रहरी सहायक निरिक्षक लक्षमण दत्त भट्टको नेतृत्वमा चार जना टोली खटिइ घाइते भएका दुबै जनाको उद्धार गरि उपचारका क्रममा मृत्यु भएको हो । स्काभेटर मुगु जिल्ला छाँयानाथ नगरपालीका १४ का नन्दलाल बडुवालको रहेको छ ।

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]