गोठभित्रै पुरिएर २६ बाख्रा मरे

Nepal Chek बिहिबार, बैशाख ०४, २०८२

सिमकोट । हुम्लामा विहिबार विहान अत्यधिक वर्षा हुँदा अदानचुली गाउँपालिका–३ स्थीत गोठभित्रै पुरिएर २६ बाख्रा मरेका छन् । अदानचुली गाउँपालिका–३ का आइते बुढाको गोठभित्र रहेका ७० बाख्रा मध्ये २६ बाख्रा बाढी पहिरो आउँदा पुरिएर मरेको जानकारी प्राप्त भएको छ ।

भेडिगोठ भित्र पहिरो पस्नुका साथै गोठ भत्किदा २६ बाख्रा मरेको पिडित किसान बुढाले बताउनुभयो । गोठ भित्र पहिरो खस्दा ७० मध्ये २९ वटा गाउँलेको सहयोगमा जिवीत निकालिएको उहाँले बताउनुभयो । अन्य बाँकी बाख्राको खोजी कार्य भइरहेको उहाँले बताउनुभयो । यो पटक एक्कासी आएको वर्षाले आफुलाई ठूलो क्षति गरेको बुढाले बताउनुभयो । निकै दुख, कष्ट र मेहनतका साथ पालिएका बाख्रा पहिरो खस्दा मरेपछि ठूलो घाटा हुन पुगेको बुढाको भनाई थियो । हुम्लामा प्रति बाख्राको १५ देखि रु २० हजार सम्म मूल्य पर्ने गर्दछ ।

विहिबार विहान आएको वर्षाले अदानचुली गाउँपालिकाका विभिन्न स्थानमा क्षतविक्षत बनाएको छ । विहान परेको मुसलधारे वर्षाले श्रीनगर बजारमा व्यवसाय गर्दै आएका व्यवसायीका अस्थाइ टहरा सहित पसलमा राखिएका सामानमा समेत ठूलो क्षति पुर्याएको यहाँका स्थानीयले बताउने गरेका छन् । अविरल वर्षापछिको बाढीले अदानचुलीमा ११ पसल, एक घर र एक भेडिगोठमा ठूलो क्षति पुर्याएको छ । ११ वटा पसल बगाएर लिएको सञ्चारकर्मी मोहनसिह बुढाले बताउनुभयो ।

वर्षासँगैको बाढी सहितको लेदोका कारण अदानचुली गाउँपालिका–२ अमृत बुढा, अदानचुली गाउँपालिका–१ का बुद्धि महतारा लगायत व्यवसायीका पसलका सामग्रीमा ठूलो क्षति पुर्याएको हो । यहाँका अधिकांसका घर तथा टहरामा पानी पसेर विजोग बनाएको बताइएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]