अदानचुलीमा बाढीको वितण्डा लाखौँको क्षति,निराशमा किसान

Nepal Chek बिहिबार, बैशाख ०४, २०८२

सिमकोट । विहिबार बिहान अदानचुलीमा आएको अविरल वर्षाले हुम्लामा निकै ठूलो क्षेती गरेको छ । बिहिबार बिहान ६ बजेबाट आएको असिना पानीले किसानहरुको बाली सहित जग्गा समेत बगाएपछि यहाँका किसानलाई बिचल्ली बनाएको छ । भने श्रीनगर बजारमा रहेका पसलहरु बगाएको छ । करिब आधा घण्टा मात्रै आएको वर्षाले यहाँका नागरीकलाई ठूलो क्षति गरेको छ । अहिले अविरल वर्षा रोकिएपनि ठाउँ ठाउँमा पहिरो खसिरहने भएका कारण क्षतिको एकिन विवरण संगकल गर्न नसकिएको जानकारी प्राप्त भएको छ ।

विहिबार विहान आएको वर्षाले अदानचुली गाउँपालिका–३ बस्ने अमृत बुढाको टीनले छाएको पसलमा पूर्णरुपमा क्षति, सोही वडामा रहेको ढुंगाले बनेको टीनले छाएको तीन कोठामा क्षति, धन बहादुर रोकाया, पूर्ण बहादुर रोकाया, धने दमाई, सुर्योदय माध्यामिक विद्यालय, गणेश जैसी, तीलक शाही, अस्मिता रोकाया, जलदेवी पार्की, नच्द्र बहादुर ऐडी, सम्झना रोकाया, जंगबहादुर टमटा, हिक्मत सुनार, कृष्ण फडेरा, हरी बहादुर सुनार, दत्त बहादुर सुनार, धन बहादुर बुमी, रीता धामी लगायतको पसल, हटरा, घरमा ठूलो क्षति गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक सरोज कडेँलले बताउनुभयो ।

यस्तै विहिबार विहान आएको वर्षाले अदानचुली गाउँपालिकामा रहेका विभिन्न वस्तिमा ठूलो क्षति पुर्याउनुका साथै अझै थप विवरण आउन बाँकी रहेको जानकारी प्राप्त भएको छ । त्यसैगरी यहाँ रहेका विभिन्न बालीनाली लगाइएका खेतहरु बगाउनुका साथै ठूलो क्षति समेत गरेको छ ।

तुम्चमा रहेको राष्ट्रिय प्रसारणलाईनको विद्युतमा समेत ठूलो क्षति गरेको जानकारी प्राप्त भएको छ । अदानचुलीको गोरपालीमा गोठमा राखिएका धर्म बुढाको गोठमा रहेका ८१ बाख्रा मध्ये २७ वटा बाख्रा पहिरो खस्दा मर्नुका साथै २५ वेपत्ता भएको र २९ वटा बाख्राको घाइते अवस्थामा उद्धार गरिएको यहाँका स्थानीयले बताएका छन् । गोठभित्रै बाख्रो पहिरोमा पुरिएर मर्दा लाखौँको क्षति भएको जानकारी प्राप्त भएको छ । अदानचुलीमा रहेका खेतीयोग्य जग्गा सहित आसपासका सम्पूर्ण खेतहरु बगाएर लिएको बताइएको छ । अदानचुलीको श्रीनगरमा रहेको गाउँपालिका कार्यालय समेत ढुवान परेको छ । आज विहान आएको वर्षाले गाउँपालिका कार्यालय ढुवानमा पर्नुका साथै दिनभर कामकाज समेत ठप्प भएको छ । गाउँपालिका कार्यालयमा पछाडिबाट आएको पहिरो पस्दा कामकाज बन्द हुनुका साथै कर्मचारीले कार्यालय भित्र पसेको पानी समेत निकालेको बताइएको छ ।

विहिबार विहान आएको बाढीले पुर्याएको क्षतिको बारेमा गाउँपालिकाको समेत ध्यानकर्षण भएको गाउँपालिका उपाध्यक्ष कर्ण रोकायाले बताउनुभयो । वर्षापछिको क्षतिको बारेमा गाउँपालिका उपाध्यक्ष रोकाया, निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोद बुढा, लगायतका जनप्रतिनिधिले अनुगमन समेत गर्नुभएको थियो । अनुगमन गर्ने क्रममा उपाध्यक्ष कर्ण रोकायाले क्षेतीको विवरण संकलन गरी रहेकाले के कती क्षेती भएकोमा जानकारी नभएको र विवरण आए लगत्तै सम्बन्धीत निकायमा जानकारी गराउने उपाध्यक्ष रोकायाले बताउनुभयो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]