नेपाली सेनाले निर्माण गरिरहेको बोक्चेगौडा सडक चार दिन खुल्ने

Nepal Chek आइतबार, बैशाख ०७, २०८२

सिमकोट । हुम्लाको कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने खार्पुनाथ गाउँपालिका– १ को बोक्चे गौडा सडक चार दिनसम्म खुल्ने भएको छ । चैत २५ गतेदेखि नेपाली सेनाले निर्माण गरिरहेको बोक्चेगौडा सडक खण्ड बैशाख दशदेखि तेह्र गतेसम्म चार दिनका लागि खुल्ने भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो । जिल्ला विपद् व्यवस्थापन समितिको वैशाख चार गते बसेको बैठकले नेपाली सेना कर्णाली करिडोर सडक निर्माण कार्यदलले चैत २५ गतदेखि सुरु गरिरहेको निर्माण कार्य चार दिनका लागि स्थगित भएर सवारी साधन आवतजावत हुने भएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताउनुभयो ।

सेनाले निर्माण गरिरहेको बोक्चेगौडा, भिई गौडा र याङ्गचु भिर खण्डमा निर्माण कार्य स्थगित गरेर सवाररुीसाधन लगायत अन्य सर्वसाधरणलाई आवतजावत गर्न दिइने भएको हो । बिकास निर्माणका काममा बाधा नपुगोस र यात्रुहरुलाई पनि आवातजावत सहजता होस भन्ने हेतुले चार दिन सडक निर्माणको काम रोखेर सुचारु गर्न लागेको जिल्ला प्रशासन हुम्लाले जनाएको छ ।

चैत २५ गतेबाट बोक्चेगौडा सडक सेनाले स्तरोन्नती गर्ने कार्य सुरु गरेपछि पूर्णरुपमा यातायात सेवा बन्द भएका थिए । यसअघि सडकको सतह नमिनेका कारण कच्ची सडकमा यातायात सञ्चाल हुँदै आएका थियो । बोक्चे गौडा याङ्चु कुनाको आठ सय मिटर सडकको स्तरोन्नती गर्ने कार्य आगामी असार मसान्तसम्म सम्पन्न गर्ने गरी जिम्मेवारी सेनाले पाएको छ । समयमै काम सम्पन्न गर्नका लागि पनि सडक बन्द गरेर काम गरिदैँ आएपनि अन्य विकास निर्माण, खाद्यान्न लगायतमा असुविधान नहोस् भनेर चारदिनका लागि सडक सञ्चालनमा आउने भएको छ । असजिलो चट्टानी भीरको सडक मिलाउन विस्फोट गर्नु पर्नेछ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]