सुर्खेत । विश्व कोरोना भाइरस कोभिड १९ महामारीको चपेटामा परेको समयमा विश्वका अधिकांश देश आक्रन्त भएको अवस्थामा नेपाल पनि यो संक्रमणबाट अछुतो रहन् सकेन् ।
कोरोना महामारीको पहिलो कहर र दोस्रो कहरको आमनेपालीले सामना गरी रहनु परेको छ । पहिलो भन्दा दोस्रो लहर झन भयावह बनेको छ ।
अझै तेर्सो लहर आउन सक्ने भन्दै सचेत रहनका लागी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन अगाडी विज्ञप्ती नै निकाली सकेको छ ।
यसको रोक्थामका लागि सबै तहबाट तयारी अबस्थामा जुटिरहेका छन् । यसै सन्दर्भमा यूनिसेफ नेपालको आर्थिक सहयोगमा कर्णाली एकीकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र किर्डाक नेपाल द्धारा कर्णाली प्रदेश अन्तर्गतका १४ वटा स्वास्थ्य सेवा इकाईको खानेपानी मर्मत सुधारका लागी सहयोगीको भुमिका खेल्दै आइरहेको किर्डाक नेपालका कर्णाली प्रदेस कार्यक्रम व्यवस्थापक नबिन शाहीले बताए ।
हाल युनिसेफ र किर्डाक नेपालले खानेपानीका क्षेत्रमा सहयोगीको भुमिका खेल्दै आइरहेको छ । युनिसेफको आर्थिक सहयोगमा किडार्क नेपालले कर्णाली प्रदेसको जाजरकोट, रुकुम ,सल्यान, सुर्खेत, दैलेख, कालिकोट र कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्लामा सरसफाई र खानेपानीको क्षेत्रमा विभिन्न कामहरु गरिरहेको छ ।
कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सयोग गर्ने उधेश्यकासाथ खानेपानी तथा सरसफाई सम्बन्धि मर्मतसुधार कृयाकलाप सञ्चालन गरीरहेका छन् । स्वास्थ्य संस्थाहरुमा सानासाना मर्मतका काम खानेपानीको धारा निर्माण ट्यांकी व्यवस्थापन देखी सरसफाई र खानेपानीमा गरेको सहयोगले राहत मिलेको स्वास्थ्यका संस्था प्रमुखहरुले बताउने गरेका छन् । सरसफाई जस्तो महत्वपूर्ण सवालमा मर्मतसुधार कमि नै देखिने गरेकाले कारण त्यसलाई मध्येनजर गरी खानेपानी धारा उचित फोहोर पानी व्यवस्थापन र हेण्ड स्टेशन मर्मत जस्ता विषयमा हाल किर्डाक नेपालले जाजरकोटको भेरिगंगा नगरपालिकाको जिल्ला सदरमुकाममा रहेको स्वास्थ्य सेवा कार्यालयमा खानेपानी र सरसफाईको क्षेत्रमा मर्मत गरि सबै सुचारु गरी परिवर्तनकारी भुमिका खेलेको प्रति जन स्स्वस्थ्य अधिकृत टिकाराम जैसी खुशि प्रकट गरेका छन । यस्तै किडार्क नेपालले चौरजहारीमा रहेको चौरजहारी अस्पतालमा धारा मर्मत गर्दै खानेपानीको क्षेत्रमा गरेको कार्यप्रति बिरामीहरुले खुशि व्यक्त गरेका छन । यसैगरि सल्यान जिल्लाको सारदा नगरपालिकाको अस्पतालमा पनि सोहि योजनालाई निरन्तरताका साथ अगाडी बढाएकोमा स्वास्थ्य कर्मी र बिरामीहरुले खानेपानीको सहजता महशुस गरेको प्राबिधिक हर्क बहादुर शाहीले बताए ।
यति मात्र नभएर किडार्क नेपालले खानेपानी धारा र हेण्डवस स्टेसन र खानेपानी समस्याको समाधानको लागी विशेष सहयोग गरेको छ भने प्रदेस राजधानी नजिकै रहेको बिरेन्द्र नगर कोभिड अस्पताल हाल प्रदेश आयुर्वेदिक अस्पतालमा समेत खानेपानिको समस्या भएको समयमा ट्यांकी राखेर धारा निर्माण मा विशेष भुमिका खेलेको प्रति अस्पताल इन्चार्ज डा शंकर रिजालले किर्डाक नेपालको सहयोगी भावना प्रति खुलेरै प्रशंसा गर्नुभयो, भने आगामी दिनमा पनि यस किसिमको सहयोगको अपेक्षा गरेको बताए ।
यसरी स्वास्थ्य सस्थाको आवश्यकतालाई मध्यनजर गर्दै खानेपानी र सरसफाईको क्षेत्रमा किर्डाक नेपालको सहयोगी भावनालाई स्थानियहरुले प्रशंसा मात्र गरेका छैनन की खानेपानी शुद्धिकरण मास क्लोरिनेशन बिधि मार्फत शुद्धीकरण सम्बन्धि अभिमुखी हरेक स्वास्थ्यसंस्थाले इमान्दारिताका साथ काम गरेको भए शुद्ध खानेपानी प्रप्ती सहज अनुमान गर्न सकिन्छ ।