हुम्लामा कोरोना संक्रमित बढे, एकै दिन नौ जनामा संक्रमण पुष्टि

दाने बोहरा बिहिबार, साउन २१, २०७८

सिमकोट । आज फेरि कोरोना संक्रमित हुनेको संख्या बढेको । बिहिबार थप नौ जनामा संक्रमण पुष्टि भएको छ । खार्पुनाथ गाउँपालिकामा १४ जना र जिल्ला अस्पताल हुम्लामा तीन जना गरी १७ जनामा एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए ।

खार्पुनाथ गाउँपालिकामा आठ जनामा र जिल्ला अस्पतालमा एक जना गरी नौ जनामा संक्रमण पुष्टि हो । खार्पुनाथ गाउँपालिकामा लामो सयम पछि पुन कोरोना संक्रमितको संख्या बढेको छ । जिल्लाको अन्य क्षेत्रमा कोरोना परिक्षणको दायरालाई घटाएको भएपनि जिल्ला अस्पताल र खार्पुनाथ गाउँपालिकामा परिक्षणको दायरालाई फराकिलो बनाउँदा दैनिक संक्रमितको संख्यामा वृद्धि हुँदै गएको छ ।

आज सात जनाले कोरोना जितेर घर गएको जानकारी प्राप्त भएको छ । जिल्लामा हालसम्म दुई हजार दुई सय ३३ जनामा कोरोना परिक्षण गर्दा तीन सय ७२ जनामा संक्रमण पुष्टि भएको थियो । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या २५ जना रहेको जानकारी प्राप्त भएको छ । आज पुन जिल्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]