सिमकोट । हुम्ला दक्षिण भेगमा एमाले, कांग्रेस र माओवादीको राजनितीक कार्यक्रमले यतिबेला माहोल तातेको देखीएकोे छ ।
स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै विभिन्न राजनितीक कार्यक्रम देखि कार्यालय स्थापना र पार्टीका संगठन ब्यूँताउन थालिएको छ ।
जिल्लाको राजनीतिक अखडा क्षेत्रका रुपमा चिनिने दक्षिण भेगका स्थानीय तहहरुमा दलहरुले आफ्ना गतिविधिलाई केहि समययता देखि तिब्रता दिएका दिदै आएका छन् । जिल्लाका सात वटा स्थानीय तहमध्ये अदानचुलीमा मात्रै एकल रुपमा निर्वाचन हात पारेको एमालेले अदानचुलीमा, ताँजकोटमा निर्वाचन जितेको माओवादी केन्द्रले ताँजकोटमा आफ्नो पार्टीका कार्यक्रमलाई तिब्रता दिएका हुन् ।
पार्टी भित्रको आन्तरिक विवादले फूटको संघारमा पुगेको नेकपा एमालेले जिल्लाको अदानचुली गाउँपालिकाबाट आफ्नो वस्ती केन्द्रित गतिविधिको थालनि गरेको छ । ६ वटा वडा भएको अदानचुलीमा वडाका पार्टी कार्यालय स्थापनाको कार्यक्रम मार्फत एमालेले अदानचुलीका सबै वस्तीमा आफ्ना राजनीतिक कार्यक्रम सञ्चालन गर्ने अभियान शुरु गरेको छ । केन्द्र पार्टीको निर्देशन अनुसार संगठन पुन निर्माण देखि फण्डाफोर अभियानमा लागी परेको गाउँपालिकाका अध्यक्ष तथा कर्णाली प्रदेश कमिटीका सदस्य दल फडेराले बताउनुभयो ।
नेकपा माओवादी केन्द्रले ताँजकोटमा महिलाको भेलाबाट आफ्ना पार्टीको गतिविधिलाई अगाडी बढाएको छ । गाउँपालिकामा अन्य पार्टीलाई निकै निरिह पारेर लैजान खोजेको माओवादी केन्द्रले जिल्लाभरका महिलाहरुको संगठनका नेताहरुको सहभागितामा पालिका स्तरको अखिल नेपाल महिला संक (क्रान्तिकारी) को भेलाको आयोजना गरेर आफ्नो पालिका केन्द्रित गतिविधिको औपचारि शुरुवात गरेको सन्देश दिईरहेको छ । पार्टीको संगठनको निर्माणको लागी गाउँ केन्द्रित भएको अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य एवम जिल्ला अध्यक्ष सुशस्मिता शाहीले बताउनुभयो ।
पटक–पटक मिति तय हुँदै स्थगित भएको नेपाली कांग्रेसको महाधिवेशनले सांगठनिक गतिविधि सन्चालनमा अल्मल्याएको देखिन्छ । स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र, जिल्ला र केन्द्रको अधिवेशनमा प्रष्ट दुई खेमामा विभाजितनेपाली कांग्रेसले अधिवेशनकै आन्तरिक काममा आ–आप्mनै खेमामा विभाजित भएर लागेको हो ।
अधिवेशनमै अल्मलिएको कांग्रेसले दक्षिण भेगका गाउँपालिकामा कार्यकर्ता, भेटघाट तथा संगठन निर्माणमा लागी रहेको नेपाली कांग्रेस जिल्ला पार्टी सचिव मोहन विक्रम सिंहले बताउनुभयो ।
झण्डैं दुई दशकपछि नयाँ संरचनाको स्थानीय तहको निर्वाचित जनप्रतिनिधिहरुको पाँच वर्षको कार्यकाल सकिन वर्ष दिन भन्दा थोरै समय बाँकी रहेका बेला देशका प्रमुख राजनीतिक दलहरुले स्थानीय तहमा आप्mना गतिविधिलाई तिब्रता दिएका छन् । आसन्न निर्वाचनमा आप्mनो पार्टीतर्फ मतदातालाई आकर्षित गर्ने ध्येयले ठूला दलहरुले आप्mना सांगठानिक गतिविधिलाई बढवा दिन थालेको संकेत दिएका छन् ।
जनयुद्धको झल्को दिदै ताँजाकोटमा ब्यूँताइयो वाइसिए
ताँजकोट गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको भात्री संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) लाई जनयुद्धको झल्को दिने गरी ब्यूँताइएको छ । बिहिबार गाउँपालिका स्तरीय भेला सम्पन्न गरेर माओबादी केन्द्र ताँजाकोटले सो संगठन पुन ब्यूँताइएको हो ।
सर्वोच्च अदालतको फैसलापछि नेकपाबाट पुर्ववत अबस्थामा फकर्ने निर्णय सँगै बिभिन्न राजनितिक दलहरुले आ आफ्नै राजनीति कार्यक्रम गर्ने सन्दर्भमा माओवादी केन्द्र ताँजकोटले वाईसीएल पनि ब्युँतिएको जिल्ला पाटी अध्यक्ष लालकेश जैशी बताउनुभयो ।
जिल्ला संगठनलाई सुदृढिकरण गर्दै वडाको विकास, समृद्विमा पार्टी पंक्ति जनर्वगिय संगठन बिस्तार तथा भेलाको आयोजना जिल्ला देखि वडा गठन गरेका गरी रहेका छन ।
बिहीबार हुम्लाको ताँजकोट गाउँपालिकामा बसेको वाईसीएल नेपाल जिल्ला कमिटी लाई पूर्णता दिन जिल्ला भेलाको लागि तयारी गरेको छ । उक्त भेलामा धेरैको संख्यामा पाटी प्रबेश समेत गरेको बताएका छन् । वाईसिएलहरुलाई मार्चपास समेत गरीएको जनाइएको छ । बिहीबारको कार्यक्रममा माओवादी जिल्ला अध्यक्ष लालकेश जैसी, पार्टी जिल्ला कमिटी सदस्य एवं ताजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्ल, गाउँपालिका कमिटी अध्यक्ष गोपाल बुढा ईन्द्र लगायतको उपस्थिति रहेको वाइसिएल नेपाल जानकारी दिएको छ ।