काँग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामाको चेतावनी

नेपालचेक समाचारदाता शुक्रबार, साउन २९, २०७८

काठमाडौं । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । शुक्रबार केन्द्रीय समिति बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको चेतावनी दिएको केन्द्रीय सदस्य योगेन्द्र चौधरीले रातोपाटीलाई जानकारी दिए ।
पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशन आउने प्रावधान आमन्त्रित केन्द्रीय सदस्यको हकमा लागू नभएको भन्दै उनीहरुले सामूहिक राजीनामाको​ चेतावनी दिएका हुन् ।
काँग्रेसमा नन्दनकुमार दत्त, कुमार खड्का, बालकृष्ण पाण्डेय, आनन्द (गोरखा विष्ट, नरेन्द्रकुमार चौधरी, हसन अन्सारी, किरणराज शर्मा पौडेल, रमा कोइराला पौडेल, कृष्णकिशोर घिमिरे, गोपालकुमार बस्नेत, सुधीरकुमार शिवाकोटी  र मनोहरनारायण श्रेष्ठ आमन्त्रित केन्द्रीय सदस्य छन् ।
यस्तै ध्रुव वाग्ले , मोहनसिंह राठौर, शम्भुलाल श्रेष्ठ,अभिषेख प्रताप शाह, दयाराम पाण्डे, जनकराज कलौनी, भूमिबहादुर गुरुङ, दिलीप राई, आशाराम चौधरी र राजेन्द्रबहादुर सिंह गरी काँग्रेसमा २२ जना आमन्त्रित केन्द्रीय सदस्य छन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]