ओली र नेपालबीचको संवादहीनता तोडियो, गएराति टेलिफोन वार्ता

नेपालचेक समचारदाता शुक्रबार, आषाढ १८, २०७८

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच गएराति टेलिफोन संवाद भएको छ ।

लामो संवादहीनता तोड्दै अध्यक्ष ओली र नेपालबीच टेलिफोन वार्ता भएको नेपालनिकट नेता सोमप्रसाद पाण्डेले जानकारी दिए । दुई नेताबीच आज भेट हुने सम्भावना रहेको पाण्डेले बताए । भेटको समय र स्थान भने तय भएको छैन् । आज बिहान पुनः टेलिफोन संवाद हुनेछ, त्यसपछि भेट हुने तयारी छ ।

नेपालनिकट नेता भीम आचार्यले दुई जनाबीच टेलिफोनमा सम्वाद हुनु एमाले पार्टीका लागि सुखद् पक्ष भएको भन्दै खुशी व्यक्त गरे । उनले पार्टी एकताका लागि दुवै नेता गम्भीर रहेको प्रतिक्रिया दिए । अनौपचारिक स्रोतका अनुसार नेपाल समूह लचिलो भए केन्द्रीय समिति बैठक स्थगित गर्ने तयारी छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]