सिमा सुरक्षाको सशस्त्र प्रहरीले सिमास्तम्भको अनुगमनलाई तिब्रता दिँदै

दाने बोहरा बुधबार, भाद्र ०२, २०७८

हुम्ला जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा रहेको सुरक्षा प्रहरी चौकी (बिओपी) हिल्साले पछिल्लो समय चीनसँग जोडिएका सिमास्तम्भहरुको अनुगमनलाई तिब्रता दिदै आएको छ ।

दुई वर्ष हिल्साको सिमा क्षेत्रमा रहँदै आएको हिल्सा बिओपीले चीनसँग जोडिएको सिमानामा रहेको ४ नम्बर सिमा स्तम्भमा पहिलो पटक पुगेर आफ्नो क्षेत्रको स्थलगत अनुगमन गरेको छ ।

वर्षा याममा हिमपात नहुँने र मौसम सफा हुनेभएकाले पनि उच्च क्षेत्रमा चीनसँग जोडिएका सिमा क्षेत्रको सिमा स्तम्भहरुको अनुगमनलाई तिब्रता दिदै आएको हिल्सा बिओपीका इन्चार्ज सुरज केसीले बताए

खराब मौसमको कारण पटक पटक सीमा स्तम्भमा पुग्ने प्रयास गरेर असफल भएको बिओपी हिल्सा भने यतिखेर मौसम सफा रहकाले उक्त सिमा स्तम्भमा पुग्न सफल भएको हो ।

सीमा सुरक्षा चौकी हिल्सा ( बिओपी ) का इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसी नेतृत्वको टोली हुम्ला खण्डमा पर्ने नेपाल र चीनको सिमाना नुमुच्चेमा रहेको ४ नम्बर सिमा स्तम्भमा पुग्न सफल भएको हो ।

हालसम्म सरकारी तबरबाट कोही पनि पुग्न नसकेको उक्त सिमा स्तम्भमा पहिलो पटक बिओपीको टोली पुरेर सिमास्तम्भको अनुगमन गर्ने कार्य पुरा गरेको इन्चार्ज केसीले बताए ।

उक्त सिमास्तम्भ पाँच हजार २५० मिटर अग्लो स्थानमा रहेको छ । यस अघि पनि सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रमुख डिएसपी गेहेन्द्र भण्डारीको नेतृत्वको टोलीले साउन १९ याङ्जो भण्ज्याङस्थित ३ नम्बर सिमास्तम्भमा पुगेर अनुगमन गरेको थियो । चीन सँग सिमा जोडिएका सिमा क्षेत्र र सिमास्तम्भहरुको अनुगमनलाई सशस्त्र प्रहरी बलले तिब्रता दिदै आएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]