सर्केगाडका अधिकांस स्वास्थ्य संस्थामा औषधी अभाव

नेपालचेक समाचारदाता बुधबार, भाद्र ०२, २०७८

सिमकोट ।  जिल्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाका अधिकांस वडामा रहेका स्वास्थ्यचौकीमा सिटामोल समेत अभाव भएको बताइएको छ ।

गाउँघरमा रहेका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मी नियमीत रहेपनि सिटामोल लगायत अन्य अधिकांस औषधि नपाउँने स्थानीइयले गुनासो गरेका छन् । सामान्य बिरामीहरुले सिटामोल समेत नपाउँदा गाउँघरको स्थानीय सरकारप्रति असन्तुष्टी जनाउँदै आएका छन् ।

सर्केगाडका वडा नम्बर एक देखि आठसम्मका अधिकांशमा औषधी अभाव रहेको स्थानीय नगरिकले गुनाशो गरेका छन् । किर्डाक नेपालले गाउँपालिकाका सबै वडामा सञ्चालन गरेको सार्वजनिक सुनुवाई कार्यक्रमका अवसरमा स्थानीय नागरिकले आफूलाई आवश्यक परेको बेलामा कुनैपनि औषधी नपाएको गुनासो व्यापक रुपमा आउन थालेको बताइएको छ ।

‘हामीले अस्पाताल (स्वास्थ्य चौकी)मा गएपनि सिटामोलको टाटै (ट्याब्लेट) नैं छैन् भनेपछि हामी रित्तो हात फर्कने गरेका छौं सर्केगाड गाउँपालिका–२ का एक स्थानीयले भने, ‘गाउँमा सिहिदरबार आयो भनेको त सबै भन्दा व्यथिती त स्वास्थ्य र शिक्षा क्षेत्रमा मौलाएको छ ।’

स्वास्थ्य संस्थामा खटाइएका न स्वास्थ्यकर्मी छन् न त औषधी नैं छ हामीलाई निकै समस्या भएको उनिहरुले गुनाशो गरेका छन् । स्थानीय नागरिक, जनप्रतिनिधि र सञ्चारकर्मीको संयुक्त रुपमा गरिएको अनुगमनका क्रममा समेत स्थानीय स्वास्थ्य संस्थामा आधारभूत औषधी समेत नभएको पाइएको छ । सरकाले स्वस्थ्य संस्थामा ४२ थरी औषधी निःशुल्क रुपमा दिएको भनिएपनि यस गाउँपालिकाका आठ वडामध्ये अधिकांशमा आधारभूत औषधी समेत नभएको बताइएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]