नेपाल पक्षको पार्टीको नाम नेकपा एमाले (समाजवादी), चुनाव चिन्ह सूर्य

नेपालचेक समाचारदाता बुधबार, भाद्र ०२, २०७८

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले अन्ततः नयाँ पार्टी खोल्ने निश्चित भएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने तय गरेको छ ।

नेपाल समूहले पार्टीको नाम, चुनाव चिह्नलगायतका विषयमा टुंगो लगाइसकेको छ ।

तर विकल्पमा छलफल भइरहेको एक नेताले जानकारी दिए । पार्टीको नाम नेकपा एमाले (समाजवादी), नेकपा एमाले (क्रान्तिकारी), नेकपा समाजवादी, नेकपा एमाले (जनवादी), नेकपा (एकीकृत) लगायतका नाममा छलफल भएको थियो ।

अन्ततः पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने करिब करिब टुंगोमा पुगेको सो पार्टीका नेताहरुले बताएका छन् ।

तर चुनाव चिह्न भने सूर्य नछाड्ने निष्कर्ष निकालेको एक नेताले जानकारी दिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पदमुक्त गरेका सांसद मेटमणि चौधरीले भने, “पार्टीको नाम नेकपा एमाले (समाजवादी) र चुनाव चिह्न सूर्य नै हुनेछ ।”

विभिन्न कानुनी अड्चनका कारण सूर्य चिन्ह कसरी हुन सक्छ ? भन्ने प्रश्नमा चौधरीको जवाफ थियो, “उदाउँदो सूर्य हुन सक्छ, अर्थात् कुनै पनि रुपको सूर्य हुन सक्छ । तर हामीले सूर्य छाड्दैनौँ ।”

नेपाल पक्षले सबै तयारी पूरा गरेर बसेका छन् । राष्ट्रपतिबाट अध्यादेश जारी हुनासाथ निर्वाचन आयोगमा पुग्ने तयारी उनीहरुको छ ।

नयाँ पार्टी गठनका लागि विधान र सांगठनिक संरचनाको तयारीमा बेदुराम भुसाल नेतृत्वको टोली खटिएको चौधरीले नागरिक खबरलाई जानकारी दिए ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]