कोरोना संक्रमणबाट एक जनाको मृत्यु, संक्रमणदर नियन्त्रण भन्दा बाहिर गयो, परीक्षण शून्य

दाने बोहरा बुधबार, भाद्र ०२, २०७८

सिमकोट । कोरोना संक्रमणबाट जिल्लामा थप एक जनाको मृत्युभएको छ ।

खार्पुनाथ गाउँपालिका वडा नम्बर तीन राया गाउँ निवासी ४५ वर्षिय सुर्जगिरी बुढाको कोरोना संक्रमणबाट आज मृत्युभएको हो । मृतक बुढाको अक्सिजनको लेबल ४६ मा पुगेको र निमोनियाले ग्रसित भएपछि आज मृत्युभएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिनुभयो ।

पाँच दिन अगाडी रानीवनमा रहेको आइशियूमा उपचारत रहेका मृतक बुढालाई स्वास्थ्य थप समस्या देखिएपछि मंगलबार जिल्ला अस्पतालको एडियुमा राखेर उपचार गर्दा निको नभएपछि आज मृत्युभएको सूचना अधिकारी फडेराले बताउनुभयो ।

पाँच दिन अगाडी जिल्ला अस्पताल हुम्लामा उपचार गर्न आएका मृतक बुढाको उपचारका क्रममा कोरोना परीक्षण गर्दा पोजेटिभ देखाएको थियो । जिल्लामा बुढा सहित गरेर कोरोना संक्रमणबाट पाँच जनाको मृत्युभएको छ ।

संक्रमणदर नियन्त्रण भन्दा बाहिर गयो, परीक्षण शून्य

जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी फडेराका अनुसार हुम्लामा कोरोना परीक्षणको दायराई साँघुरो बनाएपनि संक्रमण नियन्त्रण भन्दा बाहिर गईसकेको बताउनुभयो । कोरोना नियन्त्रणमा जिल्ला डिसिसीएसि देखि यहाँका स्थानीय तहले कुनै चासो नदेखाउँदा थप भयावह हुने स्थिती आउन सक्ने बताउनुभयो ।

जिल्ला अस्पताल बाहेक यहाँका गाउँपालिकामा कोरोना परीक्षणको दर शून्य रहेको उहाँले बताउनुभयो । खार्पुनाथ गाउँपालिकाले हप्तादिनमा एक पटक परीक्षण गर्दा संmत्रमित देखिने गरेको छ । तर जिल्ला सदरमुकाम सिमकोटमै रहेको गाउँपालिका र जिल्ला डिसिसिएमसीले कुनै चासो नेदाएको आरोप समेत लाग्ने गरेको छ ।

कोरोना नियन्त्रणमा यहाँ सम्वन्धित निकायाले कुनै चासो नदेखाएको पाइन्छ ।

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]