माधव नेपाल पक्षकाे एमाले समाजवादी पार्टी बिहीबार मात्रै दर्ता हुने

नेपालचेक समाचारदाता बुधबार, भाद्र ०२, २०७८

काठमाडौं । माधवकुमार नेपाल समूहले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पठाएको छ ।

आयोगले भने कानुनी प्रावधान हेरेर बिहीबार मात्रै दल दर्ता गर्ने जनाएको नेपाल निकट एक नेताले बताए ।

“उहाँहरुको निवेदन आएको छ । कानुनी प्रावधान हेरेर आयोगले दर्ता गर्ने वा नगर्ने निर्णय गर्नेछ,” आयोगका प्रवक्ता राजकुमार श्रेष्ठ भने ।

नेपाल निकट नेता मेटमणि चौधरीका अनुसार विभाजित पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ । साथै चुनाव चिन्ह किताब राखिएको छ ।

तर, आयोगका अनुसार माधव पक्षको पार्टीको चुनाव चिन्ह खुला किताब नेपाल उन्नत लोकतान्त्रिक पार्टीको चुनाव चिन्हसँग मिलेको छ । चुनाव चिन्ह जुधेकौ कारण प्राविधिक समस्या आएको आयोगका एक कर्मचारीले जानकारी दिए ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]