सगरमाथा आरोही लामाद्धारा आफुले अध्ययन गरेको विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

दाने बोहरा शुक्रबार, भाद्र ०४, २०७८

सिमकोट । हुम्लाबाट पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने प्रेम दोर्जे लामाले सानो छदा आफुले अध्ययन गरेको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विद्यालयको पोशाक सहयोग गर्नुभएको छ ।

जिल्लाको सिमकोट गाउँपालिका वडा ३ तोर्पामा जन्मिनुभएका लामाले आफुले सानैमा अध्ययन गरेको रलिङ्ग माध्यामिक विद्यालयमा अध्ययनरत दुई सय ३५ जना छात्रछात्रालाई वडाध्यक्ष ताक्ला जिम्मेत लामा (मुस्कान) को उपस्थितीतमा सहयोग गरीएको जानकारी प्राप्त भएको छ । कोरोना संक्रमणको त्रासका विच सामाजीक दुरी कायम गर्दै विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरीएको हो ।

कोरोनाले कमाउन घर बाहिर जान नसकेर बिहान बेलुका हातमुख जोर्न समस्या भएर विद्यार्थीको पोशाक परिवर्तन गर्न नसकेको समयमा सगरमाथा आरोही लामाले व्यक्तिगत रुपमा आज २ सय ३५ जना विद्यार्थीलाई सहयोग गरेको वडाध्यक्ष लामाले जानकारी दिए । वडा ३ मा रहेको रलिङ्ग विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका सबै विद्यार्थीलाई विद्यालय पोशाक सहयोग गरीएको वडाध्यक्ष लामाले बताए ।

लामा कर्णाली प्रदेशको पहिरो सगरमाथा आरोही हुन् । उहाँले विभिन्न समयमा विपदमा परेका विपन्न परिवारलाई खाद्ययन्न देखि अन्य सामाग्री सहयोग गर्दै आएका छन् ।

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]