प्रहरी चौकीको भवन निर्माणका लागी तीन रोपनी जग्गा सहयोग

दाने बोहरा शनिबार, भाद्र ०५, २०७८

सिमकोट, । हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिका वडा १ को मिमि प्रहरी चौकीलाई एकजना स्थानीयले प्रहरी चौकीको भवन निर्माणका लागी जग्गा दिनुभएको छ ।

वडा १ मा रहेको प्रहरी चौकी भवन निर्माण गर्नका लागी स्थानीय गोर्ख बोहराले तीन रोपनी जग्गा दिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख हेरम्बा शर्माले बताउनुभयो ।

उक्त प्रहरी चौकी भाडाको घरमा बस्दै आएको भएपनि प्रहरी चौकीको भवन निर्माणका लागी मनकारी स्थानीय बोहराले जग्गा उपलब्ध गराएपछि मालपोत कार्यालयबाट रजिष्ट्रेशन गरेर कागजात पुरा गरेर प्रहरी चौकीको नाममा पास गरिदिएको जानकारी प्राप्त भएको छ ।

बोहराले प्रहरी चौकीको आफ्नै भवन निर्माणका लागी जग्गा दिएपछि जिल्ला प्रहरी कार्यालय हुम्लाले मालपोत कार्यालयबाट रजिष्ट्रेन पास गरिदिएका हो ।

बोहराले बोहोराबाडा स्थित मुगु सलीसल्ला सडक खण्ड नजिक रहेको कित्ता नम्बर २८१ भएको १५२४.०० बर्ग मीटर (३ रोपनी) क्षेत्रफल भएको जग्गा प्रहरी चौकी मिमि हुम्लाको नाममा मालपोत कार्यालय हुम्लाबाट रजिष्ेट्रशन पास गरी जग्गाधनी प्रमाण पूर्जा समेत भदौ ४ गते जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक शर्मालाई हस्तान्तरण गर्नुभएको हो ।

चंखेली गाउँपालिकाको ठूलो क्षेत्रमा शान्ति सुरक्षा हेर्ने जिम्मा पाएको मिमि प्रहरी चौकी वर्षौंदेखि भवन विहिन छ ।

जिल्ला प्रहरी प्रमुख शर्माले सम्मान गर्दै आगामी दिनमा समुदायमा शान्ति सुरक्षा स्थापनाका लागि पनि सहयोग कायम राख्न आग्रह गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय सहित हुम्लामा जम्मा पाँचवटा मात्रै प्रहरी चौकीले आफ्नै भवनमा बस्दै आएका छन् ।

अझै १४ वटा प्रहरी चौकीका सुरक्षाकर्मी भाडामा बस्दै

जिल्ला प्रहरी कार्यालय सहित १९ वटा प्रहरी चौकी मध्ये हाल १४ वटा प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मी भाडा तिररे बस्दै आएका छन् । जिल्ला प्रहरी कार्यालय हुम्ला, नाम्खामा रहेको मुचु प्रहरी चौकी, लिमी प्रहरी चौकी, ठेहे प्रहरी चौकी र गल्फागाड प्रहरी चौकी मात्रै आफ्नै भवनमा बस्दै आएका छन् भने जिल्लाका अन्य विभिन्न स्थानमा रहेका १४ वटा प्रहरी चौकीले अझै सम्म भाडाको घरमा बस्दै आएको प्रहरी नायव उपरिक्षक हेरम्बा शर्माले बताउनुभयो ।

बजेट अभावले दुई प्रहरी चौकीको भवन निर्माण स्थगित

चीनसँग सिमा जोडिएको हिल्ला प्रहरी चौकी र बाजुरासँग सिमा जोडिएको कवाडी प्रहरी चौकीको भवन प्रेदश सरकारको बजेटबाट बनिरहेको भएपनि हाल बजेट अभावका कारण निर्माण कार्य स्थगित भएको प्रहरी प्रमुख शर्माले बताउनुभयो । प्रदेश सरकारको बजेटबाट दुई वटा प्रहरी चौकीको भवन निर्माण कार्य थालनी गरेपनि हाल बजेट अपुग भएपछि स्थगित गर्नु परेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आफुहरुसँग जिल्लाका सबै प्रहरी चौकी निर्माणका लागी बजेट छैन्,” प्रदेश सरकारबाट आएको थोरै बजेटबाट पनि दुईवटा चौकीको भवन निर्माण कार्य शुरु गरियो तर रकम अपुग भएपछि हाल भवन बनाउने काम स्थगित भएको छ । ”

मालपोत कार्यालयबाट रजिष्ट्रेशन पास गरेपछि प्रहरी प्रमुखलाई जग्गाधनीको प्रमाण बुझाउँदै बोहरा

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]