विद्युतीय भुक्तानी दिन सुरु

सिमकोट । नेपाल विधुत प्राधिकरण कार्यालय हुम्लाले पहिलो पटक विद्युतीय (डिजिटल) भुक्तानी दिन सुरु गरेको छ । यसको उद्घाटनको पहिलो दिन आइतबार १५० जना सेवाग्राहीले सेवा लिएका छन् । नेपाल विधुत प्राधिकरण हिल्दुङ्ग वितरण केन्द्रले आइतबार एक कार्यक्रम गर्दै आफ्नो सेवालाई डिजिटल रुपमा बढाएपछि उक्त सेवा लिनेको घुइचो लागेको थियो । उद्घाटनकै पहिलो दिन डिजिटल […]

चार केजी चामलका लागि नागरिकता पेस

सिमकोट। देशले विभिन्न समयमा विभिन्न तन्त्रको शासन व्यवस्था पाएपनि सुन्दा अचम्म लाग्न सक्छ हुम्लाका नागरिकले चामल पाउन, चार घण्टाको पैदल तयगरि नागरिकताको फोटोकपी दिनुपर्ने अवस्था छ । खाद्य लिमिटेड शाखा हुम्लाले तीन महिनासम्म खाद्यान्न वितरण गर्न नसकेर आज शुक्रबारबाट वितरण कार्य सुरु गरेको छ । चामल लिन लिमिटेड शाखामा पुग्दा यहाँका नागरिकले आफ्नो परिचय पत्र खुल्ने नेपाली नागरिकता […]

दुईवटा संस्थाको सामाजिक लेखा परीक्षण सम्पन्न

सिमकोट । किर्डाक नेपाल हुम्ला, एसआइडिसीको संयुक्त आयोजना र गुर्ड नेभर्स इन्टनेश्लन हुम्लाको आर्थिक सहयोगमा सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न भएको छ । परियोजना व्यवस्थापन समितिका सदस्य गोरासिंह बोहराको अध्यक्षतामा र सिमकोट गाउँपालिका कार्यबाहक अध्यक्ष कृष्ण बहादुर बोहराको प्रमुख आतिथ्यमा उक्त लेखा परिक्षण कार्यक्रम सम्पन्न गरिएको हो । किर्डाक नेपाल हुम्लाले शिक्षा र एसआइडिसीले परियोजना […]

चिसोमा ८० घरधुरीलाई न्यानो कपडा सहयोग

सिमकोट । घट्दै गएको तापक्रममा बढ्दै गएको चिसो समयमा न्यानो कपडा वितरण गरिएको छ । जिल्लाको सिमकोट गाउँपालिका वडा नम्बर चारमा रहेका ८० घरधुरीलाई बलान्केट सहयोग गरीएको छ । आज विहान सदरमुकाम सिमकोटमा एक कार्यक्रमका विच वडा नम्बर चारमा रहेका ८० घरपरिवारका वृद्धवृद्धा सहित दलित समुदायका नागरीकलाई वितरण गरिएको हो । बौद्धधर्म लम्बिहरुका धार्मिक गुरु […]

घरमा आगलागी हुँदा सात लाखको क्षति

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर १ को प्युसको एक घरमा आगलागी हुँदा सात लाख रुपैयाँ बराबरको क्षति भएको छ । मङ्गलबार राती प्युस गाउँका सुरज शाहीको घरमा आगलागी भएको हो । घरको चुलामा बालेको आगोबाट राती ११ बजेको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । आगलागीबाट शाहीको घरमा रहेका […]

रु सात लाख तिरेर हेलिकप्टरमार्फत विरामीको उद्धार

सिमकोट । केही दिन अगाडी देखि नाक र काम सम्बन्धि समस्याले थला परेका दुई जना विरामीको सोमबार हेलिकप्टर मार्फत उद्धार गरीएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका वडा नम्बर ४ का ५० वर्षिय लामु तामाङ र २५ वर्षिय पाल्जोर तामाङको उद्धार गरिएको हो । उत्तरी क्षेत्रमा बाक्लो हिमपात हुनुका साथै गाउँमा उपचार हुन नसकेपछि उनिहरुले […]

खार्पुनाथका नागरीकले एक वर्षदेखि खाद्यान्न पाएनन्

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा १ देखि ५ सम्म रहेका नागरीकले वर्षदिन देखि खाद्यान्न नपाएको गुनासो गरेका छन् । सदरमुकामसँग जोडिएको खार्पुनाथ गाउँपालिकाको पालिका केन्द्र याङ्चु बजारमा रहेको विक्री केन्द्रमा खाद्यान्न ढुवानी नहुँदा चामल नपाएको यहाँका नागरीकले बताउने गरेका छन् । मासिक पाउनुपर्ने खाद्यान्न गएको वर्षदेखि नपाएपछि खार्पुनाथ गाउँपालिकाका स्थानीय नागरिक खाद्यान्नबाट पाउनबाट बन्चित […]

लिमी पुग्यो ७८ क्वीन्टल खाद्यान्न

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको वडा ६ लिमीमा ७८ क्वीन्टल खाद्यान्न पुगेको छ । नेपाली सेनाको हेलिकप्टरबाट खाद्यान्न अभाव भएको लिमीमा सोमबार बिहानदेखि ढुवानी सुरु गरिएको प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले जानकारी दिए । चीनसँग जोडिएको हिल्सा नाका दुई वर्षदेखि बन्द रहनुका साथै लिमीका लागि ढुवानी हुनु पर्ने खाद्यान्न ढुवानी नभएपछि यहाँ भोकमारी हुने […]

१८ वर्षमा हुम्लाका ४९४ बालबालिकाको उद्धार गरी परिवारसँग पुर्नमिलन

सिमकोट । २०५९ पौष २६ गते स्थापना भएको हिमाली नविन समाजले हुम्लाबाट अठार वर्षको अवधिमा हालसम्म चार सय ९४ जना बालबालिका उद्धार गर्नुका साथै परिवारसँग पुर्नमिलन गरको छ । जिल्लामा स्थापना भएदेखि बालबालिका क्षेत्रमा काम गर्दै आएको हिमाली नविन समाजले अठार वर्षसम्म आईपुग्दा ४ सय ९४ जना बालबालिको उद्धार गरी उनिहरुको परिवारसँग पुर्नमिलन गरिएको हो […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]