सिमकोट । हुम्लाको सिमकोटमा रहेका महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले उद्योग तथा उपोक्ता हित संरक्षण कार्यालयले ढाका बुनाई तालिम सञ्चालन प्रदान गरेको छ । सिमकोट गाउँपालिका–५ र ६ का दश जना महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यल तीन महिने ढाका बुनाई तालिम मङ्गलबारदेखि सुरुc गरिएको हो । यहाँका महिलालाई जीवनोपयोगी सीप सिकाएर आर्थिक उन्नति गराउँदै आत्मनिर्भर […]
सिमकोट । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल मानव अधिकार एलाइन्स हुम्लाको अध्यक्षमा बेलुमाया महतारा निर्वाचीत हुनु भएको छ । शनिबार जिल्ला सदरमुकाम सिमकोटमा सम्पन्न भएको पाँचौ अधिवेशनले महतारालाई सर्वसहमतीमा अध्यक्षमा निर्वाचित गरेको गरिएको हो । यसैगरी एलाइन्सको उपाध्यक्षमा ऐटन रावल, सचिव फुन्जोक लामा, कोषाध्यक्षमा उजिल कार्की, सदस्य मोतिलाल महतारा र जनक बुढा […]
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा सामुदायिक कुकुरले दिउँसो र रातसाँझ हिंड्डुल गर्न अप्ठ्यारो पारेपछि नियन्त्रणका लागि बन्ध्याकरण गर्न थालिएको छ । सिमकोट बजारमा घरपालुवा तथा छाडा कुकुरको टोकाईबाट बच्न कुकुर नियन्त्रणमा लिइने भएको छ । जिल्ला प्रशासन कार्यालयमा शनिवार विहान निमित्त प्रमुख जिल्ला अधिकारी प्रकाश भण्डारीको अध्यक्षतामा बसेको बैठकले सदरमुकाममा छोडिएका सामुदायिक कुकुरको बन्ध्याकरण अभियान […]
सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–१ मुसेडीमा पर्ने कर्णाली कोरिडोर अन्तर्गतको खार्पु सडक खण्ड सञ्चालनमा आएको छ । वडा नम्बर १ मुसेडी, पिउस गाउँका लागि सडक निर्माणका क्रममा बिहिबार कर्णाली कोरिडोरको मुसेडी सडक खण्ड अवरुद्ध भएको २४ घण्टा पछि खुलेको छ । कोरिडोरबाट माथि गाउँमा जोड्नका लागि सडक निर्माणका क्रममा माथिबाट खसेको ढुंगा, ठूलठूला रुख खसेर […]
सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–३ रायाँ गाउँमा ८ दिनदेखि बेपत्ता भएका एक जना बालक आज मृत अवस्थामा भेटिएका छन् । रायाँ गाउँका लोकेन्द्र रावलका छोरा तीन वर्षिय सरत रोकाया बुधबार अतृ अवस्थामा भेटिएको स्थानीयले बताएका छन् । कात्तिक १४ गते आफ्नै घरबाट हराएका बालक सम्पर्कमा नआएपछि स्थानीय र प्रहरीले खोजतलास गर्दा हराएको आठ दिनपछि बुधबार राया […]
सिमकोट । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिकाको सर्केगाड बजारको कर्णाली नदीमा रहेको झोलुङ्गे पुल जीर्ण बन्दै जाँदा आवतजावतमा समस्या बढ्दै गएको स्थानीयले बताउने गरेका छन् । २०४० सालमा निर्माण भएको उक्त नदीको झोलुङ्गे पुल मर्मतका लागि कोही कसैले चासो नदिँदा जीर्ण बन्दै गएको स्थानीय तथा साँया स्वास्थ्यचौकीका इन्चार्ज बबरजङ पालले बताउनुभयो । सर्केगाड झोलुङ्गे […]
सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाका किसानलाई कात्तिके बाली भित्र्याउन भ्याइनभ्याई भएको छ । किसानहरू यतिबेला फागुन चैतमा लगाएको बाली कोदो, चिनो, कागुनो, सिमी, फापरलगायतका कात्तिके बाली भित्र्याउन थालेका छन् । वर्षको एक बाली पाक्ने हुम्लामा मुठी रोपी मानो भित्र्याउन किसान व्यस्त छन् । असोज कात्तिकमा भित्र्याएको कात्तिके अन्नले हिउँदको छ महिना घरपरिवारको हात मुख […]
सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिका–३ राम गाउँमा माटोको ढिस्कोमा परी दुई जनाको मृत्युभएको छ । बुधबार विहान दशैँका लागि घर सजावट गर्न माटो खन्नेक्रममा सोही ढिस्कोमा परी गाउँपालिका रोजगार शाखाका प्राविधिक सहित दुई जनाको मृत्युभएको ताँजकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख धनराज ढकालले बताउनुभयो । गाउँपालिका रोजगार शाखा सहसंयोजक रहेका प्राविधिक रामगाउँका धुब्र […]
सिमकोट । आइतबार सदरमुकाम सिमकोटमा रहेका दशवटा पसल अनुगमन गरिएको छ । बजार अनुगमनका क्रममा पाँचवटा पसल कारबाहीमा परेका छन् । कारबाहीमा परेका पाँचवटा पसल व्यवसायीलाई रु पाँच हजारका दरले कारबाही स्वरुप अनुगमन टोलीले जरिवाना लिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदीको नेतृत्वमा सिमकोट बजार अनुगमन गरिएको छ । चारवटा वटा पसललाई […]