हुम्लामा हुने भ्रष्टाचारविरुद्ध धर्ना

सिमकोट । हिमाली जिल्ला हुम्लामा हुने गरेका अनियमितता र भ्रष्टाचारविरुद्ध जिल्ला प्रशासन कार्यालयमा धर्ना दिइएको हो । वास नेपालका लागि जिल्लास्तरमा आबद्ध युवाको आयोजनामा मङ्गलबार धर्ना दिइएको हो । वास नेपाल हुम्लाका अध्यक्ष तीर्थराज भण्डारीले जिल्लामा व्याप्त भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, घुसखोरी जस्ता बेथितिकाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र ज्ञापनपत्र बुझाउने कार्य भएको बताउनुभयो । […]

ठेहे गाउँको फरक संस्कृति, राक्षस भुलाउन चैतलो पर्व

सिमकोट । सुन्दा अचम्म लाग्न सक्छ, राक्षस भुलाउन नृत्य गरिन्छ । हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका–१ र २ ठेहे गाउँमा हरेक वर्षको फागुन १२, १३ गते दुई दिन लाग्ने चैतलो पर्व सम्पन्न भएको छ । यो पर्व परापूर्वकालदेखि मनाउँदै आएको स्थानीयवासी बताउँछन् । ठेहे गाउँनजिक रहेको खार्पुनाथ गाउँको हिमालबाट आएको एक राक्षसले फागुन १२ गतेकै […]

चिसो बढ्यो हिमपात भएन

सिमकोट । हिमाली जिल्ला हुम्लामा हिउँद याममा हिमपात नहुँदा चिसो बढेको छ । हुम्लाको आकाशमाक केही दिनदेखि बादल मडारिए पनि हिमपात हुन सकिरहेको छैन् । चार,पाँच दिनसम्म आकाशमा बादल मडारिने गरेपनि हिमपात हुन नसकेको हो । मंसिर पुस र माघ महिनामा अत्याधिक हिमपात हुने भएपनि यो वर्ष मंसिर र पुस दुई महिना वित्दा समेत हिमपात […]

हावाहुरीका कारण हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध

सिमकोट । हिमाली जिल्ला हुम्लामा सञ्चालित एकमात्र यातायातको साधन हवाई सेवा हावाहुरीले अवरुद्ध भएको छ । विहीबार विहानदेखि जिल्लामा हावाहुरी चल्दा आज (शुक्रबार) पनि हवाई सेवा अवरुद्ध भएको सिमकोट विमानस्थलले जानकारी दिएको छ । मंगलबार मध्य रातिदेखि चलेको हावाहुरीका कारण नेपालगञ्ज र सुर्खेतबाट नियमित उडान भरने निजी जहाजले हावाहुरीका कारण हवाई उडान हुन नसकेको हो […]

कार्यालय नाम्खा गाउँपालिकामै सार्न स्थानीय माग

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका स्थानीयवासीले पालिकाको कार्यालय केन्द्र याल्वाङमै सार्न माग गर्नु भएको छ । पत्रकार महासङ्घ हुम्ला शाखाको सहजीकरणमा आयोजना गरिएको गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयले उक्त माग गर्नु भएको हो । सुविधा भोगी कर्मचारी र जनप्रतिनिधिले आफ्नो सहजता र आरामका लागि सदरमुकाममा सम्पर्क कार्यालय खोलेर काम गरेकाले स्थानीयलाई असहज भएको भन्दै […]

पूर्वमा हल्का र पश्चिममा भारी वर्षा

काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पूर्वी भेगमा हल्का र पश्चिममा भारी वर्षा हुने भएको छ । महाशाखाका अनुसार गण्डकी र लुम्बिनीमा भारी वर्षा भइरहेको छ । पाल्पामा सबैभन्दा बढी १४३ मिलिलिटर वर्षा भएको छ । त्यसपछि लुम्बिनीको रुपन्देहीमा ११९ मिलिलिटर वर्षा भएको छ । मौसमविद् मञ्जु बासीका अनुसार आज गण्डकी र लुम्बिनी […]

भीरबाट लडेर २३ वर्षिय विकको मृत्यु

सिमकोट । हुम्लाको सिमकोट गाउापालिका वडा नम्बर ७ का ओख्रेन गाउँका एक जना २३ वर्षिय युवकको भीरबाट लडेर मृत्यु भएको छ । दशैंको टीका लगाएर एक गाउँबाट अर्को गाउँ जाने क्रममा बाटोमा पर्ने भीरबाट लडेर वडा ७ ओख्रेनका २३ वर्षीय बलराम विकको घटनास्थलमै मृत्युु भएको हो । बुुधबार बेलुुका दशैंको टीका लगाएर अर्को गाउँका आफन्तको […]

हवाइ उडान नियमित गराउन प्रजिअलाई ज्ञापन पत्र

सिमकोट । जिल्ला प्रशासन कार्यालय हुम्ला मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिह दरबार, कर्णाली प्रदेश लगाएतका कार्यालयमा ज्ञापन पत्र बुझाइएको छ । नेपाल निजामती कर्मचारी युनियन, नेपाल निजामती कर्मचारी संगठन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल निजामती एकिकृत कर्मचारी संगठन र स्थानिय तह कर्मचारी युनियन जिल्ला कार्यसमिति हुम्लाले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल […]

लिमीवासी सञ्चारको पहुँचमा

सिमकोट । हुम्लाको उत्तरी नाउँपालिकाको लिमी सञ्चारको पहुँचमा जोडिएको छ । नाम्खा गाउँपालिका– ६ हिमालपारिको गाउँ भनेर चिनीने लिमीमा मोबाइलको टावर निर्माण भई सञ्चालनमा आएको हो । नेपाल टेलिकमको मोबाइल टावर निर्माण पूरा हुँदा मोबाइल सेवा सञ्चालनमा आएपछि लिमीवासी सञ्चारको पहुँचमा जोडिएका हुन् । नेपाल टेलिकमको मोबाइल सेवा लिमीका तीन गाउँ तिल, जाङ र हल्जि […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]