सीमाक्षेत्रमा स्वदेश फर्किनेको भीड

बैतडी : सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा नजिकिएसँगै भारतीय सीमानाकाबाट स्वदेश फर्किनेको भीड बढेको छ। सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रको मृख्य नाकाको रुपमा रहेको झुलाघाटबाट स्वदेश फर्किनेको संख्यामा पनि वृद्धि भएको छ। हाल दैनिक यो नाका भएर एक सयजना स्वदेश भित्रीइरहेका सीमा प्रहरीचौकी झुलाघाटका वरिष्ठ हवल्दार डम्बरसिंह कार्कीले जानकारी दिए। अन्य समयमा खासै चहलपहल नहुने यस नाकामा गौरा नजिकिएसँगै […]

राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथको दर्शन

काठमाडाैं : राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथको दर्शन गरेकी छन्। मंगलवार हरितालिका तीजको अवसरमा राष्ट्रपति भण्डारीले पशुपतिनाथको दर्शन गरेकी हुन्। वैदिक सत्य सनातन हिन्दू धर्मालम्वीहरुको पर्व हरितालिका तीजको दिन राष्ट्रपति भण्डारीले पशुपतिनाथ भगवानको दर्शन र पूजा, आराधना गरिन्। दर्शनका लागि पशुपतिनाथ पुग्नुभएकी राष्ट्रपति भण्डारीको सुरक्षाका लागि मन्दिर परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको थियो। हरेक वर्ष भाद्र शुक्ल […]

हुम्लामा हरितालिका (तीज) पर्व महादेवको पूजा आराधना गरी धुमधामका साथ मनाइयो ।

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व मंगलबार महादेवको पूजा आराधना गरी धुमधामका साथ मनाइएको छ । मुलुकका अधिकांश शिव मन्दिरहरूमा हिन्दु महिलाहरु पूजाआजा र नाचगानमा सरिक भएका छन् ।   हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा रहेको शिवमन्दिरमा बिहानैदेखि महिलाहरूको भीड लागेको छ । गएका वर्षहरुमा कोरोना महामारीका कारण ढुक्कले तीज मनाउन नपाएका व्रतालुहरू यसपालि […]

हुम्लाको स्याडा गाउँमा मनाइयो चोख्या पर्व (तस्विर)

सिमकोट । हुम्लामा चोख्या पर्वलाई परम्परागत रुपमा मनाउँदै आएका छन् । व्याँसी समुदायको यो विशेष पर्वका रुपमा सिमकोट गाउँपालिका–८ स्याँडामा चोख्या मेला धुमधामका साथ मनाइएको छ । स्याडा र पाल्सका स्थानीयवासीले विशेष पर्वका रुपमा हरेक वर्ष झैं पनि विशेष रुपमा मनाएको सिमकोट गाउँपालिका–८ स्याँडाका अध्यक्ष कमल बुढाले बताउनुभयो । वडाध्यक्ष बुढाका अनुसार, परम्परागत धार्मिक संस्कारअनुसार […]

मेयर बालेनको प्रतिक्रिया : नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ !

काठमाडौं : काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फा हाउसको अनधिकृत संरचना भत्काएको छ। सञ्चालकसँग सवाल जवाफपछि डोजर लिएर गएका महानगरका मेयर बालेन साहले अवैध संरचना भत्काएका हुन्। संरचना भत्काएपछि बालेनले फेसबुकमा लेखेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाइ माग्नु भयो। मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ। मैले के बिराएँ ?’ उनले अवैध संरचना हटाउन आग्रह गरेका […]

नेपाली भूमिबाट मानसरोवर कैलाश दर्शन गर्न हुम्ला पुगे भारतीय तीर्थयात्री

सिमकोट । झण्डै तीन वर्ष देखि चीनसँग सिमा जोडिएको हुम्लाको उत्तरी हिल्सा नाका कोभिड १९ को संक्रमणका कारण बन्द रहेको छ । मानसरोवर कैलाश दर्शनका लागि हिल्सा नाका बन्द रहेपनि नेपाली भूमि हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ को लिमि लाप्चाबाट मानसरोवर कैलाश दर्शनका लागि आज (मङ्गलबार)बाट भारतीय तीर्थयात्री जिल्ला आउन थालेका छन् । हुम्लाको […]

पत्रकार महासंघ हुम्ला शाखाले आफ्नो मानमा जग्गा

  नेपाल पत्रकार महासंघ हुम्ला शाखाले पहिलो पटक आफ्नो नाममा जग्गा खरिद गरेको छ । हालसम्म भाडामा कार्यालय सञ्चालन गर्दै आएको शाखाले आफ्नो भवन निर्माणका लागि नयाँ जग्गा खरिद गरेको हो । महासंघ हुम्ला शाखाका कोषाध्यक्ष सुरेश परियारले महासंघले पहिलो पटक आफ्ना नाममा जग्गा खरिद गरेको बताए । नेपाल पत्रकार महासंघ हुम्ला शाखाको नाममा रहेको […]

सेडुल फलाइटका कारण हुम्ली यात्रुलाई सकस

नेपालगन्जबाट उडान भर्दै आएका हवाई जहाजले नियमित रुपमा यात्रु बोक्न नमानेपछि हुम्लाका यात्रुहरु नेपालगन्जमा अलपत्र परेका छन् । दैनिक दिन नेपालगन्जको विमान स्थलमा हुम्लाका लागि उडान हुन खोजे पनि सेडुल फलाइटका कारण नेपालगन्जमै अलपत्रमा पर्नु परेको यात्रु विष्णु भक्त पाण्डेले गुनासो गर्नु भयो । बाँके जिल्लाको नेपालगन्जबाट उडान भर्दे आएका तारा, समिट, सिता र नेपाल […]

हिउद महिनाको खाद्यान्न जोहो गर्न लिमिका स्थानीय सदरमुकाम सिमकोट 

हुम्ला । हिमाल पारीको गाउँका रुपमा चिनिने नाम्खा गाउँपालिका वडा नम्वर ६ को लिमिका स्थानीय खाद्यान्न जोहोका लागि सदरमुकाम सिमकोट पुगेका छन । करीव छ महिना हिउँका कारण गाउँ भन्दा बाहिर जान नमिल्ने भएपछि समयमै घरमा चाहीने खाद्यान्नदेखि लुगाकपडाको किनमेल गर्नका लागि लिमीका स्थानीय सदरमुकाम सिमकोटमा पुगेका हुन् । कोभिड १९ का कारण छिमेकी देश […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]