घाँस र दाउराको खातमा आगलागी

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट वडा नम्बर ५ तल्लो गाउँमा शनिबार दिउँसो आगलागी भएको छ । पशुवस्तुका लागी जम्मा गरेर राखिएको घाँस र दाउराको खातमा आगलागी भएको हो । बालबालिकाले खेल्दै गर्दा उक्त खातमा सल्किएको आगोले एक गोठ समेत जलेरु नष्टभएको जानकारी प्राप्त भएको छ । आगलागीबाट वसन्त रोकायाको खर र दाउरा तथा पदम […]

बालविवाह न्यूनिकरण गर्न देउडा प्रतियोगीता

सिमकोट । ११२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बालविवाह सम्बन्धी जनचेतना मुलक देउडा प्रतियोगीता सम्पन्न भएको छ । लामो समय देखि महिला, बालबालिका, लगायतका क्षेत्रमा काम गर्दै आएको नेपाल अष्ट्रिया साँझेदारी संस्थाले हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिका वडा ५ र ६ मा गाउँमा बालविवाह न्युनिकरणका लागि देउडा प्रतियोगीता सञ्चालन गरेर सम्पन्न गरेको छ । […]

बाघको छाला र हड्डी सहित एक जना पक्राउ

सिमकोट । हुम्लामा बाघको छाला र हड्डी सहित एक जना युवक पक्राउ परेका छन् । बाघको छाला र हड्डि सहित समातिनेमा ताँजाकोट गाउँपालिका वाड ४ उत्तिस्यानीका ३७ वर्षिय सुनिल सार्की रहेका छन् । प्रहरीको विशेष स्रोतका अनुसार सुनार आज समातिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक हेरम्व शर्माले बताउनुभयो । अस्थायी प्रहरी चौकी छप्रेलाले […]

दुई गाउँबिच सडक विवाद: एक महिला घाइते

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिका वडा ४ र ५ बिच सडक निमार्णको विषयलाई लिएर दुई गाउँको विवाद हुँदा एक जना महिला घाइते हुनु भएको छ । निमार्ण भइरहेको सल्लीसल्ला, घट्टेचौर हुँदै टाँकेसम्मको सडकको विषयलाई लिएर दुई गाउँ बिच विवाद हुँदा अन्दाजी ४० वर्षिय धर्मा तामाङ घाइते भएको नेक्पाका स्थानीय धनलाल तामाङले बताउनुभयो […]

मौलिकता झल्काउँदै चैतलो पर्व

सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका वडा १ र २ ठेहे गाउँमा चैतलो वर्ष रहेक वर्षको फागुन १२ गतेदेखि चैतलो पर्व सुरु भएको छ । विहिबारदेखि शुरुभएको यो पर्व परावूर्व कालदेखि मनाउँदै आएको स्थानीयवासीले बताएका छन् । ठेहे गाउँ नजिक रहेको खार्पुनाथ गाउँको हिमालबाट आएको एक राक्षसले फागुन १२ गतेकै दिन चैतलो (देउडा) […]

अति विपन्नलाई कम्बल सहयोग

सिमकोट । दुर्गममा वसोवास गर्दै आएका बित्पन्नलाई कम्बल सहयोग गरिएको छ । आर्थिक अबस्था न्यून भएका गरिब तथा एकल महिलालाई सो कम्बल सहयोग गरिएको हो । नेपाली काँग्रेस हुम्लामा उपसभापति बसन्त रोकायाले सत्य साई केन्द्र सुर्खेतबाट प्राप्त भएका पचास मध्य चालीस जना बित्पन्नलाई बितरण गरिएको जानकारी दिनुभयो । केन्द्रबाट हुम्लासम्म कम्बल ल्याउन उहाँले सहजिकरण गर्नु […]

शरीरमा आगो सल्केर जुम्लामा एक जनाको मृत्यु

जुम्ला । जुम्लामा आगोले जलेर एक जनाको ज्यान गएको छ । तातोपानी गाउँपालिका–४ गिरीखोलाका २६ वर्षीय गोविन्द्र रोकायको शरीरमा आगो सल्किँदा जलेर मृत्यु भएको हो । जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले चिसोका कारण न्यानो बनाउनका लागि बालेको आगो ताप्दै गर्दा शरीरमा आगो सल्केर घाइते भएका रोकायको उपचारको क्रममा मृत्यु भएको बताए । बिहीबार दिउँसो […]

सुत्केरी हुन नसक्दा चारदिन पछि लालकलाको हेलिकोप्टरमार्फत उद्धार

सिमकोट । हुम्लाको दक्षिण भेगबाट सुत्केरी हुन नसकेकी महिलाको चारदिन पछि नेपाली सेनाको हेलिकप्टरले हवाई उद्धार गरेको छ । चंखेली गाउँपालिका वडा ४ को तल्लो पाली गाउँकी २५ वर्षिय लालकला बोहराले बच्चा जन्माउन नसकेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । बच्चा जन्माउन नसकेर प्रवश व्यथाले च्यापेकी लाकलाको चार दिनपछि शनिबार उद्धार गरिएको सहायक प्रमुख […]

तीन दिनदेखि एक पुरुष बेपत्ता

सिमकोट  । हुम्लाको सिमकोट गाउँपालिकाका एक जना पुरुष तीन दिनदेखि बेपत्ता भएका छन् । सिमकोट–७ घरभई हाल वडा–३ को तोर्पा गाउँमा बसोबास गर्दै आएका ४५ वर्षीय तुलसिंह सुनार तीन दिनदेखि सम्पर्कविहीन भएका हुन् । सुनार तोर्पा गाउँबाट सदरमुकाम सिमकोट बुधबार काम विषेशले आएको र सोही दिनदेखि हराएको परिवारले जनाएको छ । बुधबार घरबाट सिमकोट आएको […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]