आज ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

काठमाडौं । आधुनिक नेपालमा बसोबास गर्ने नेपालीले जति आँखा चिम्ले पनि बिर्सन नसक्ने पात्रका रूपमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको स्थान छ । मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता र स्वतन्त्रता अक्षुण्ण राख्न उनका पाइलामा अघि बढ्दै जानुपर्नेमा इतिहास तथा संस्कृतिविद् र बुद्धिजीवीले आह्वान गरेका छन् । विसं १७७९ पुस २७ गते गोरखामा जन्मी विसं १७९९ चैत २५ गते […]

हिमपातले तस्विरमा उत्तरी हुम्लाको लिमी

सिमकोट । हुम्लाको उच्च भेगमा रहेको उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन कष्टर बनेको छ । तल्लो क्षेत्रमा हिमपात कम भएपनि उत्तरी नाम्खा गाउँपालिकाको चाला, यारी, तिल,जाङ् हल्जि, लिमी, मुचु र हिल्सा लगायतका क्षेत्रमा यतिबेला बाक्लो हिमपात हुँदा यहाँका नागरीकको दैनिकी थप कष्टकर बनेको छ । हिमपात हुँदा केही समय रमाईलो भएपनि बालबालिका र बृद्धबृद्धालाई थप समस्या […]

हिमपातले हवाई सेवा अवरुद्ध

सिमकोट । आइतबार साँझदेखि जिल्लामा हिमपात हुँदा सोमबार अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा अवरुद्ध हुन पुगेको छ । नेपालको एक मात्रै राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्ला सदरमुकाम सिमकोटबाट अन्तर जिल्ला जोड्ने हवाई यातायात अवरुद्ध भएको हो । सदरमुकाम सहित प्राय जिल्लावासीको जिल्ला बाहिर पुग्ने मुख्य साधन हवाई सेवा प्रतिकुल मौसमले उडान नहुँदा यहाँका […]

चिसोमा ८० घरधुरीलाई न्यानो कपडा सहयोग

सिमकोट । घट्दै गएको तापक्रममा बढ्दै गएको चिसो समयमा न्यानो कपडा वितरण गरिएको छ । जिल्लाको सिमकोट गाउँपालिका वडा नम्बर चारमा रहेका ८० घरधुरीलाई बलान्केट सहयोग गरीएको छ । आज विहान सदरमुकाम सिमकोटमा एक कार्यक्रमका विच वडा नम्बर चारमा रहेका ८० घरपरिवारका वृद्धवृद्धा सहित दलित समुदायका नागरीकलाई वितरण गरिएको हो । बौद्धधर्म लम्बिहरुका धार्मिक गुरु […]

अन्तिम दिन हुम्लाका लामा समुदायको ल्होसार तस्विरमा यस्तो देखियो

सिमकोट । हुम्लाका लामा समुदायको ल्होसार पर्व बुधबारबाट सम्पन्न भएको छ । सोमबारबाट सुरु भएको हुम्लाका लामा समुदायको तोतङ्री ल्होसार सामूहिक रुपमा मनाएका छन् । लामा समुदायको नयाँ वर्ष अर्थात तोतङरी ल्होसार २१४९ ताक ल्हो बाघ वर्ष सुरु भएको छ । जिल्लाको सिमकोट गाउँपालिका वडा ३ र ४ मा बसोबास गर्दै आएका लामा समुदायहरुले एक […]

घरमा आगलागी हुँदा सात लाखको क्षति

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर १ को प्युसको एक घरमा आगलागी हुँदा सात लाख रुपैयाँ बराबरको क्षति भएको छ । मङ्गलबार राती प्युस गाउँका सुरज शाहीको घरमा आगलागी भएको हो । घरको चुलामा बालेको आगोबाट राती ११ बजेको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । आगलागीबाट शाहीको घरमा रहेका […]

रु सात लाख तिरेर हेलिकप्टरमार्फत विरामीको उद्धार

सिमकोट । केही दिन अगाडी देखि नाक र काम सम्बन्धि समस्याले थला परेका दुई जना विरामीको सोमबार हेलिकप्टर मार्फत उद्धार गरीएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका वडा नम्बर ४ का ५० वर्षिय लामु तामाङ र २५ वर्षिय पाल्जोर तामाङको उद्धार गरिएको हो । उत्तरी क्षेत्रमा बाक्लो हिमपात हुनुका साथै गाउँमा उपचार हुन नसकेपछि उनिहरुले […]

विमानस्थलमा जमेको हिउँ पन्छाउँदा हवाई उडान सुचारु

सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाको अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई यातायात बिहिबारबाट सञ्चालनमा आएको छ । विमानस्थलमा जमेको हिउँ जडिबुटी व्यवसायी हुम्लाको पहलमा आज विहान पन्छाएर हवाई यातायात सञ्चालनमा आएको हो । बुधबार दिनभर परेको हिउँ सिमकोट सहित आसपासका क्षेत्रमा अझैसम्म पनि पग्लन नसकेर जमि रहेको छ । जडीबुटी व्यवसायीहरुको सक्रियतामा आज विहान […]

मृगौला पिडीतलाई उपचारमा आर्थिक अभाव

सिमकोट । हुम्लाका एक जना मृगौला पिडीत महिलालाई उपचारमा आर्थिक अभाव भएको छ । जिल्लाको अदानचुली गाउँपालिका वडा ६ कि ३० वर्षिया मृगौला पिडीत घोगीसरा नेपालीलाई आर्थिक संकट भएपछि उपचारमा समस्या भएको छ । मृगौलामा समस्या आएपछि आर्थिक अभावकै कारण रोग निको नगरेरै घर फिर्ता परेको पिडीतको गुनासो छ । आर्थिक जुटाउन नसकेपछि उपचारमा समस्या […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]