पहिरोले पुरिदा एकै घरका ६ जनाको मृत्यु

सिमकोट । हुम्लाको खापुर्नाथ गाउँपालिका वडा ५ खर्पेलगाउँमा पहिरोमा पुरिँदा ६ जनाको मृत्युभएको छ । आइतबार राति देखि आएको लगातारको वर्षाले मङ्गलबार राति धाविरे शाहीको घर माथिबाट आएको पहिरोमा पुरिँदा एकै घरका ६ जनाको पुरिएर मृत्युभएको जिल्ला प्रहररुी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक हेरम्बा शर्माले बताउनुभयो । खर्पेलगाउँस्थित धनबिरे शाहीको घरमा मङ्गलबार राति माथीबाट खसेको […]

आज विजयादशमी, टीका थाप्ने प्रभावशाली समय बिहान १०ः०२ बजे

काठमाडौँ । नेपालीहरूको महान् चाड बडादसैंको दसैं अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । विजयादशमीका दिन आज बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। विजयादशमीका दिन आज दिनभर देवीको […]

सोलार ब्याट्रीको खपत बढ्यो, महिना दिनदेखि विद्युत् अवरुद्ध

सिमकोट । हुम्लाको जिल्ला सदरमकाम सिमकोटमा यतिखेर विद्युत् आपूर्ति नभएपछि सोलार ब्याट्रीको खपत बढी भएको छ । जिल्लामा करिब एक महिनादेखि हेल्दुङ विद्युत् वितरण केन्द्रबाट प्रसारित विद्युत्ले बेलाबेलामा धोका दिएपछि हाल सदरमुकाम सिमकोटमा सोलार तथा ब्याट्रीको बिक्री बढेको व्यवसायीले बताउने गरेका छन् । सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकाका अधिकांश नागरिक लामो समयदेखि उज्यालोबाट वञ्चित हुनु […]

दशैंको मुखमा महिना दिनदेखि टेलिफोनले काम गर्न छोड्यो

सिमकोट ।  हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका–३ मा रहेको नमस्ते टेलिफोन सेवाले एक महिनादेखि काम गर्न छाडेको छ । नेपालीहरुको महान् पर्व दसैँ र तिहारको मुखमा टेलिफोन सेवाले काम नगर्दा सेवाग्राही सञ्चार सेवा उपभोग गर्नबाट बञ्चित हुनाका साथै दसैँको शुभकामना आदानप्रदान गर्नसमेत नपाएको गुनासो गर्न थालेका छन् । एक महिनादेखि टेलिफोनको टावरले काम नगर्दा सिमकोट […]

त्रिपालबाट घर गए ताँजाकोटका बाढी पिडित, मुख्यमन्त्री द्धारा घर हस्तान्त्रण

सिमकोट ।  कर्णाली प्रदेश सरकारले हुम्लाको ताँजकोट गाउँपालिकामा गएको वर्ष बाढीले भत्काएका घरहरु मुख्यमन्त्री द्धारा आइतबार हस्तान्त्रण गरिएको छ । कर्णाली प्रदेश सरकार द्धारा निमार्ण भएका १ सय ५० घरहरु आइतबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाही सहति नेकपा माओबादी केन्द्र हुम्लाका ईन्चार्ज बिजय भण्डारी,जिल्ला अध्यक्ष लालकेश जैसी गाउँपालिकाका अध्यक्ष बागदल मल्ल हेलीकप्टर मार्फत […]

हिल्सा नाका खोल्न माग, यो वर्ष दसैँ महँगियो

सिमकोट: छिमेकी मुलुक चीनसँग जोडिएको हुम्लाको उत्तरी हिल्सा नाका सञ्चालनमा ल्याउन हुम्लीले माग गरेका छन् । कोभिड– १९ को सङ्क्रमणले विगत दुई वषदेखि बन्द रहेको हिल्सा नाकालाई सहज बनाउन जिल्लाका होटेल व्यवसायी, उत्तरी नाम्खा गाउँपालिकाका स्थानीयवासीले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदै सीमा नाका सञ्चालन गर्ने आग्रह गरेका हुन् । सो नाका बन्द भएपछि त्यस क्षेत्रका उद्योग […]

टेलिफोन टावरमा खराबी, फोन गर्न अग्लो डाडाँ धाउनुपर्ने

सिमकोट । हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकामा नेपाल टेलिकमको सेवामा खराबी आएको छ । विगत लामो समय देखि टारवमा खराबी देखिएपछि स्थानीय समस्यामा परेका छन् । अदानचुलीमा रहेको टावरले दैनिक १० घण्टा काम गर्न छाडे पछि सेवाग्राहीहरु डाँडाकाँडा धाउन बाध्य भएका छन । नेपाल टेलिकमले राखेका दुई ओटा र गाउँपालिकाको सीमाना जोडिएको मुगुको सोरुमा […]

६६ औँ प्रहरी दिवसमा १७ जना प्रहरी पुरष्कृत

सिमकोट । ६६ औँ प्रहरी दिवस २०७८ विशेष कार्यक्रम भव्यताका सञ्चालन भई सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाले आज बुधबार विहान ८ वजे आफ्नै कार्यालयमा ६६ औँ प्रहरी दिवस भव्यताका साथ सञ्चालन गरेर सम्पन्न गरेको छ । बुधबारको दिन प्रहरीको एक ऐतिहासिक ठूलो दिन भएको भन्दै जिल्ला प्रहरी कार्यालयले यो दिवस मनाएको हो […]

‘सहायक श्रीमान्’ अमेरिका र युरोपको प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा

काठमाडौँ । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) अमेरिका र युरोपका प्रतिष्ठित चलचित्र महोत्सवहरुमा छनोट भएको छ । युरोपको जर्मनीस्थित १८औँ टेगेन्सी इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिबल, स्लोभाकियाको २९औँ इन्टरनेसनल फिल्म फेस्टिबल अफ माउन्टेन फिल्मस् पोपराडमा को–हजबेन्ड छनोट भएको हो । दुवै देशमा १३–१७ अक्टोबरसम्म यो चलचित्र महोत्सव हुँदैछ । को–हजबेन्ड १५ अक्टोबरका दिन […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]