सिमकोट । जिल्ला प्रशासन कार्यालय हुम्लाले नजिकिँदैं गरेको दशैं तिहार लगायतका चाडपर्वलाई लक्षित गरि बजार अनुगमनलाई तीव्रता दिएको छ । प्रशासनले चाडपर्वमा बढी सामानको माग र खपत हुने भएको हुँदा बजारमा खाद्यवस्तुको कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउने, गुुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्नेजस्ता समस्या नहोस् भन्ने उदेश्यका साथ अनुगमनलाई तीव्रता दिएको हो । […]
जुम्ला । पछिल्लो समयमा जुम्लाका किसान रैथाने खेतीलाई जोड दिँदै आएका छन् । उत्पारिवर्तशिल बाली प्रजनन (इपिबी) परियोजनाले यहाँको किसानलाई रैथाने खेतीदेखी अन्य अर्गानिक बाली उत्पादन र संरक्षणमा लागेपछि सो खेतीमा किसान आकर्षणदेखी रैथाने बाली संरक्षणमा जुटेको यहाँको तातोपानी गाउँपालिकाका किसान बताउँछन् । लोपोन्मुख जुम्लाको कालीमार्सी धान,चिनो कागुनो,कोदो र सिमी लगायतका रैथाने बालीको सरक्षणमा किसान […]
सिमकोट। सिमकोट गाउँपालिका वडा ४ को स्याम्ने खोलामा रहेको काठे पुल बाढी पहिरोले बगाएपछि मानिस तथा पशुवस्तुलाई आवत जावतमा समस्या भएको छ । हेल्दुङ्ग साना जल विद्युतको आयोजनाबाट वितरित नहरको एक भाग भासिँदा स्याम्ने खोलामा रहेको काठेपुल बगाएपछि सिमकोट गाउँपालिका वडा १ र २ का स्थानीयलाई आवत जावतमा समस्या भएको छ । खोलामा पानी बढेँपछि […]
सिमकोट । नेपाल उच्च भेगमा रहेको हिमाली जिल्ला हुम्लामा बहुविवाह गर्नेको संख्यामा वृद्धि देखिएको छ । उमेर नपुगी सानै उमेरमा विवाह गर्ने गरेकै कारण पछि गएर बहुविवाह हुने गरेको पाइन्छ । गत वर्ष जिल्ला प्रहरी कार्यालय हुम्लामा बहुविवाहका ४ वटा मुद्दा दता भएका छन् । दर्ता भएका सबै मुद्दा फच्छ्र्यौट भइसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाका […]
सिमकोट । हप्ता दिन अगाडी मात्रै मर्मत गरीएको विद्युत सेवा हुम्लामा पुनः अवरुद्ध बनेको छ । नहरमा रहेको क्यानल भाँचिदा विहिबार विहान देखि आपूर्ति बन्द हुँदा दुई गाउँपालिकाका सेवाग्राही अन्धकारमा बस्दै आएका छन् । विहान देखि विद्युत आपूर्ति बन्द हुँदा जिल्ला सदरमुकाम सिमकोटमा रहेका इलोक्ट्रोनी पसल व्यवसायिहरुलाई आज दिनभर काम गर्न समस्या बनाएको छ । […]